रौतहट, २१ भदौं । नेपाल सरकारले टिकटक माथिबाट १० महिना भित्रै प्रतिबन्ध हटाएको छ ।
टिकटकको सिंगापुरका प्रतिनिधिहरु बीच नेपाल सरकार संग शर्त सहित भएको सहमती पछि नेपाल सरकारले शुक्रवार देखि औपचारिक रुपमा लगाइएको प्रतिबन्धलाई हटाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गरेर टिकटक माथि १० महिना अघि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराए ।
प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको थियो ।
प्रतिबन्ध हटे संगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै २०८० साल कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।