पर्सा, २३ भदौं । आम जनता पार्टी (आजपा) प्रदेश स्तरिय बैठक आईतवार पर्सा सदरमुकाम वीरगञ्जमा सम्पन्न भएको छ ।
सम्पन्न बैठकबाट मधेश प्रदेशका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको अनुपातमा विषयगत र तहगत शिक्षक दरबन्दीको अभाव सहित गुणस्तरिय शिक्षाका लागि संघर्षका कार्यक्रमलाई अघि बढाउने निर्णय गरिएको हो ।
आजपा मधेस प्रदेश कमिटीले यस अघि नै मधेसमा शैक्षिक आम हडतालको घोषणा गरिसकेको छ । सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन निर्णण भएको बताइएको छ ।
यसैगरी बैठकले मधेसका प्रमुख शहरका साथै सबै जिल्लाहरुमा असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकाल्ने पार्टीको निर्णयलाई निरन्तरता दिने । यस्तै काठमाडौंमा पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय प्रदेश, जिल्ला, पालिकाहरुमा कार्यान्वयन गरिने र त्यसका लागि योजना समेत निर्माण भएको आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए ।
लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासन सत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा चरणबद्ध अगाडी बढाउँने निष्कर्ष बैठकले निकालेको प्रवक्ता साहले बताए ।