श्री गणेश चतुर्थी महोत्सवमा दर्शालु भक्तजनहरुको घुइँचो

0 Shares

श्याम गुप्ता
बारा , २४ भदौ । बाराको जितपुरमा आयोजित श्री गणेश चतुर्थी महोत्सवमा हजारौं हजारको संख्यामा श्रद्धालु भक्तजनहरु दर्शन गर्न र मेला भर्न आउँने क्रम जारी छन् ।
बाराको जीतपुरमा श्री गणेश चतुर्थीको अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव सहिँतकाे मेलामा अहिले दर्शनार्थीहरुको घुइँचो लाग्ने क्रम बढेका हुन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित गौशालाको फिल्डमा आयोजित सो पूजा महोत्सव मेलामा बारा र पर्साको बिभिन्न स्थानबाट हजारौंको संख्यामा मेला अवलोकन कर्ताहरुको घुइँचो लागेको छ।
मेलामा बिभिन्न किसिमको खेल तमासा, रोटे पिंङ्ग, सर्कश तथा बिभिन्न स्टलहरुले गर्दा मेलाको आकर्षण बढाउँने भएको हुँदा यहाँ दैनिक दश हजारको हराहरीमा मेला अवलोकन कर्ताह आउँने गरेको श्री सिद्धिविनायक पूजा समिति जीतपुरका अध्यक्ष श्रीराम साह कानुले बताए ।
उनका अनुसार मेला महोत्वको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई चढाईएको दुई सय ६१ किलोको लड्डु रहेको छ । बारा, पर्सा, रौतहट र सर्लाही तथा मकवानपुर जिल्ला सम्माका अवलोकन कर्ताहरु लड्डुको आकर्षणले गर्दा यस मेलामा आउँने गरेको अध्यक्ष बताउँछन् ।
मुख्य आकर्षणको रुपमा रहेको लड्डु ६५ हजार रुपौयाँको लागतमा निर्माण गरिएको सिद्धिविनायक पूजा समितिका काेषाध्यक्ष मनाेहर साेनीले बताए ।
उनले २ कुईन्टल ६१ किलाे वजन भएको एउटै लड्डु बनाउँनका लागि एक क्ईन्टल चिनी, शुद्ध चनाको बेसन ५५ किलो, काजु २ किलो ५०० ग्राम, किस्मिस २ किलो, बदाम एक किलो, गाईको शुद्ध घ्यू ७ किलो, ५० किलो बनस्पती घ्यू र अन्य मसला गरि लड्डु बनाउँ ६५ हजार रुपैयाँको लागत भएको बताए ।
यता गणेश भगवानलाई चढाईएको २ क्विन्टल ६१ किलाेको लड्डुलाई फोडेर पूजा बिर्सजन हुँने दिन शुक्रवार सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा बितरण गरिने आयोजकले जनाएको छ ।
सात लाख पचास हजारकाे अनुमानित खर्च हुँने महोत्सवका लागि प्रत्येक वर्ष झैं यस वर्ष पनि स्थानीय व्यापारी, उद्योगी तथा सर्बसाधारणहरुबाट सहयोग राशी संड्कलन गरिएको साेनीले बताए ।
उनका अनुसार महोत्सवको लागि पण्डाल , साउण्ड सिस्टम, पूजाको बिभिन्न सामग्री र अन्य गरि हाल सम्म तीन लाख पचास हजार रुपैयाँ खर्च भईसकेको छ ।
घोडा र बाजा–गाजाका साथ शोभा यात्रा निकालेर शनिवार देखि सुरु भएको गणेश चतुर्थी पूजा महोत्सवको बिहिवार पूर्णाआहुती तथा खिरभाेजन वितरण र शुक्रवार गणेश भगवानको प्रतिमूर्तीलाई बागमती खोलामा बिसर्जन गरेर महोत्सव समापन हुँने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार