ओलीको अस्ताउदै गरेको सुर्यमा ग्रहण लागेको अध्यक्ष माधव नेपालको दाबी

तराई टप संवाददाता
हरिवन(सर्लाही), १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी अस्ताउदै गरेको सुर्य जस्तो भएको बताउनु भएको छ ।
ओलीको हठपना एवं निरंकुश्ताको कारण सुर्यमा ग्रहण लागिसकेपछि पार्टीमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेर संघिय लोकतान्त्रिक गणतन्त्रलाई रक्षाको पथमा अघि बढेको बताउनु भएको हो ।
एकिकृत समाजवादी पार्टी सर्लाहीद्धारा हरिवन नगरपालिकाको घुर्कौली स्थित द्वन्द पिडित वालगृहमा मंगलवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली जनताको खुन पसिनाबाट सिंचिएको संवैधानिक लोकतान्त्रिक गणतन्त्रको मर्मलाई जोगाउदै संसदीय प्रणालीलाई ओलीवादको चंगुलबाट जोगाएको बताए ।
संविधानले कुनै पजि प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थिति अनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारे । संविधानको धारा ७६ को ७ अन्तर्गत चुनावमा जान सकिने स्पष्ट व्यवस्था रहेकोमा कुनै प्रधानमन्त्रीले लडहको भरमा संसद भंग गर्न नपाउने स्पष्ट व्यवस्था रहेको तर ओलीको शनकवाद र गफाडीबादबाट मुलुलाई निकास दिन पाँच दलको लोकतान्त्रिक शक्ति गठन गरी दुई तिहाईको दम्भ भएको सरकारलाई हटाई संसदीय व्यवस्थाको रक्षा गरेको बताए ।

विश्वमै सबै भन्दा गफाडी प्रधानमन्त्रीको रुपमा रहेको केपी ओलीको नाम ग्रीनिज बुक अफ वर्डमा लेखाउने भएको छ । काम कुनै नगरी मात्रै गफ र उखानटुका छोड्ने ओलीको कारण मुलुक धेरै कम्जोर भई प्रतिक्रियावादी भुतहरु सक्रिय हुने अवसर दिएको आरोप लगाए ।
नेता नेपालले नेकपा एकीकृत समाजवादी सुदुर पश्चिम प्रदेशको प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी भएको, प्रदेश दुईको प्रदेश सभामा केपि ओलीको भन्दा ठूलो पार्टी हुनका साथै प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्न गइरहेकाले कुन पार्टीको भविष्य ठूलो छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए । अबको दिनमा भविष्य आफ्नो पार्टीको भएको दाबी गरे ।
सातै प्रदेशमा नेकपा एकीकृत समाजवादीको संगठनको निर्माण भइरहेको तथा कम्युनिष्ट क्रान्तिको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित हुने नेता नेपालको विश्वास रहेको छ । देशको ७४ जिल्लामा पार्टीको जिल्ला समिति गठन भइसकेको र बाँकी तीन वटा प्रदेशमा अनौपचारिक रुपमा पार्टी विस्तार भएको तर घोषणा हुन बाँकी रहेको नेता नेपालको भनाइ छ ।
नेपाली जनताको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने पार्टीको रुपमा आफ्नो पार्टी स्थापित भएको नेता नेपालको दाबी छ । माघ महिनापछि एक पछि अर्को चुनाव हुने भएकोले त्यसको तयारी गर्न नेता नेपालले कार्यकर्तालाई निर्देशन दिए । पुराना कम्युनिष्ट कार्यकर्तादेखि नयाँ युवासम्म आफ्नो पार्टीमा समावेश भएको नेता नेपालको दाबी छ ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ५ को स्थित धुर्कौली स्थित वडा कार्यालय भवनको उद्घाटन सभाको उदघाटन गर्दै जग्गा दाताहरुलाई सम्मान गरे । दुई दिने सर्लाही भ्रमणको क्रममा नेता नेपाल भोली वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादीले जनाएको छ ।