सर्लाही, २७ भदौ । जनमत पार्टीले दशै तिहारको अवसरमा प्रशिक्षण तथा शुभकामना आदान प्रदानको कार्यक्रम आउदो असोज ६ गते सर्लाही सदरमुकाम मलंगवामा गर्न लागेका छन् ।
जनमत पार्टी जिल्ला समन्वय समिति सर्लाहीद्धारा आउदो असोज ६ गते सदरमुकाम मलंगवा स्थित कुसुम होटेल पार्टी प्यालेशमा आयोजना गर्न गईरहेका प्रशिक्षण एवं दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रमको मुख्य आकर्षणको केन्द्र विन्दु पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको उपस्थिति हुने जनाइएका हुन् ।
जनमत अध्यक्ष डा. राउतद्धारा सम्बोधन एवं शुभकामना आदान प्रदान कार्यक्रममा हरेक तह तप्का देखि लिएर जिल्ला नेतृत्व सम्मका पार्टीका नेता एवं कार्यकर्ताहरु अनिवार्य रुपमा उपस्थितिको साथै उक्त कार्यक्रमलाई आफनो कलमको माध्यमबाट समाचार सम्प्रेशन गरिदिन सम्पूर्ण संचारकर्मीहरुलाई उपस्थिति हुनका लागि जनमत पार्टी जिल्ला समन्वय समिति सर्लाहीले आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन