देवाहीको करुनियामा वडा कार्यालय भवनको शिलान्यास

रन्जयकुमार ठाकुर
देवाही (रौतहट), १० कार्तिक । देवाही गोनाही नगरपालिकाको करुनियामा वडा कार्यालय भवनको एक समारोहका विच मेयर धर्मेन्द्र पटेलले शिलान्यास गरेको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियामा वडाको कार्यालयको भवन नहुँदा सेवाग्रहीहरुलाई निकै सास्ती भईरहदा मेयर पटेलको अथक प्रयासबाट बजेट विनियोजन गरिएपछि मंगलवार एक समारोहका विच वडा कार्यालय भवनको शिलान्यास गरिएको हो ।
वडाध्यक्ष शेख नुरुला संगै मेयर पटेलले राष्ट्रिय योजना आयोगको समपुरक बजेट र नगरपालिकाको बजेट गरी २० लाखको लागतमा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको बताइएको छ ।
