गणपत्ति बप्पा मोरिया ! मंगल मुर्ति मोरिया ! मूल मन्त्रका साथ श्री गणेश चतुर्ती महोत्सव सम्पन्न

0 Shares

श्याम गुप्ता
बारा, २८ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित जीतपुरमा गणेश चतुर्थीको अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव मेला शुक्रबार गणपत्ति बप्पा मोरिया ! मंगल मुर्ति मोरिया ! भन्ने मूल मन्त्रका साथ गणेश भगवानको प्रतिमूर्तीलाई खोलामा सेलाएर सम्पन्न गरिएको छ ।
श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा जीतपुर स्थित गौशालाको फिल्डमा आयोजना गरिएको महोत्सवमा राखिएको गणेश भगवानको प्रतिमूर्तीलाई जीतपुर नगर परिक्रमा गरेर बागमति खोलामा सेलाएर ७ दिने पूजा महोत्सव विधिवत रुपमा बिसर्जन गरिएको हो ।
श्री सिद्धिविनायक पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको नेतृत्वमा भदौ २२ गते देखि जीतपुरमा सुरु गरिएको गणेश चतुर्थी महोत्सव मेला शुक्रबार समापन गर्न बाजा–गाजा तथा नाँच–गाँनका साथ पूजा स्थलबाट निकालिएको मूर्ति बिसर्जन यात्रा जीतपुर स्थित केराढोका, मुख्य सड्क हुँदै गुदरी बजार, टेंढारोड्, पहाडि टोल लगायतको बिभिन्न स्थानमा यात्रा पूरा गरी रौतहट र सर्लाहीको सीमानामा पर्ने बागमती खोलामा श्री गणेश भगवानको प्रति मुर्तीलाई सेलाएर बिसर्जन गरिएको समितिका कोषाध्यक्ष मनोहर सोनीले जानकारी दिए ।
बिसर्जन यात्रामा जीतपुरसिमराका सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
यता श्री गणेश भगवानलाई चढाईएको दुई सय ६१ किलोको लड्डुलाई फोडेर जीतपुर देखि सिमरा, पथलैया, निजगढ, चन्द्रपुर र सर्लाही सम्मका श्रद्धालुहरुलाई प्रसाद स्वरुप बितरण गरिएको समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार