पुरस्कार तथा सम्मान कार्यक्रम

0 Shares

रौतहट, २८ भदौं । नेपालकै इतिहासमा पहिलो पटक परोहा नगरपालिका र तराई टप अनलाईनको आयोजनामा “हाम्रो जिम्मेवारी आँखा साझेदारी” मूल नाराका साथ संचालन गरिएको सर्ट भिडियो अनलाइन यू ट्यूब खुला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएका छन् ।
परोहा नगरपाकिलाको सभाकक्षमा शुक्रवार आयोजित एक कार्यक्रमका विच गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अतिथि विजयकुमार सिंहले विजेताहरुलाई नगद, प्रमाण पत्र सहितका पुरस्कार वितरण गरेका हुन् ।
परोहा नगरपालिकाको स्वास्थ्य शाखा र तराई टप अनलाइनको आयोजनामा पहिलो पटक “हाम्रो जिम्मेवारी आँखामा साझेदारी” मूल नाराका साथ संचालन गरिएको सर्ट भिडियो अनलाइन यू ट्यूब खुला प्रतियोगिता मूल आयोजक समितिले प्रकाशित गरेको नतिजा अनुसार रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्वर ९ हाल नेपाल डिजिटल एजुकेशन प्राली बीरगञ्जमा अध्ययनरत मानसी सिंह प्रथम स्थान प्राप्त गर्दा ५१ सय नगद र प्रशंसा पत्र प्रदान गरियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ घर भएका प्रकाशकुमार राउत दोश्रो स्थान गरेकोमा २१ सय नगद र सम्मान पत्र, महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्वर २ भोलही घर भई मोनास्टिक इन्टरनेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत आर्या पाण्डे तेश्रो हुँदा ११ सय नगद र सम्मान पत्र वितरण गरिएको छ ।
यस्तै मोनास्टिक इन्टरनेशनल एकेडेमी गौर रौतहटका समूहगत भिडियो चौथो र महर्षि बालमिकि आवसिय माध्यमिक विद्यालय गौरका अनिसा कुमारी यादव पाँचौ स्थान प्राप्त गरेको हुँदा नगद ११ सय र सम्मान पत्र प्रमुख अतिथि सिंह, परोहा नगरपालिकाको उपमेयर सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत महफुज अहमद र इन्जिनियर दिपेन्द्र यादवले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
जसमा भिडियोहरुको बढि भिउवर भएका आधारमा नतिजा प्रकाशन गरेर पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको आयोजक मुल समितिका पदाधिकारी एवं गौर आँखा अस्पताल कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
२२ जना प्रतियोगीलाई एक सयको रिचार्ज कार्ड सम्मान स्वरुप दिइने उनले बताए ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल व्यावस्थापन समिति अध्यक्ष विजयकुमार सिंह, नेपाल नेत्र ज्योती संघ रौतहट जिल्ला शाखा, संचारकर्मीद्धय सत्येन्द्र प्रताप सिंह र दिलिप पाण्डे तथा अभिनेत्री दिव्या सिंग्देललाई आयोजकले मायाको चिनो प्रदान गरेको परोहा नगरपाकिलाको शिक्षा संयोजक सन्तोष पटेलले जानकारी दिए ।
यसै गरी आयोजक परोहा नगरपालिका र तराई टप अनलाइन लाई नेपाल नेत्र ज्योती संघ रौतहट जिल्ला शाखाले साझेदारी स्वरुप मायाको चिनो प्रदान गरेको नेत्र ज्योती संघ रौतहट शाखाका सदस्य शिवमंगल साहले बताए ।
भविष्यमा यस्ता जनचेतना मुलक कार्यक्रमहरु संचलान गर्ने गराउन आयोजकहरुले प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार