0
Shares
कञ्चनपुर, २९ भदौं । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १२ स्थित महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेका छन् । भीमदत्त नगरपालिका वडा नम्वर १२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेको प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिएका हुन् ।
दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अझै अज्ञात रहेको छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।
लगातारको वर्षापछि महाकालीमा पानीको बहाब उच्च भएकाले नदीको किनारै किनारमा किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन