आरसिएको १० औं साधारण सभा भव्यताका साथ सम्पन्न

0 Shares
रौतहट, ३० भदौं । रौतहट क्रिकेट संघ (आरसिए) को १० औं साधारण सभा भव्यताका साथ शनिवार अबेर राति सदरमुकाम गौरमा सम्पन्न भएका छन् ।
रौतहट क्रिकेट संघको १० औं साधारण सभा शनिवार साँझ गौर स्थित सुष्मा प्यालेशमा सुरु भएका थिए ।
१० औं साधारण सभालाई पानसमा दियो बालेर गौर नगरपालिकाको मेयर शम्भु साहले औपचारिक रुपमा उदघाटन गरेको थियो । उदघाटन मन्तव्य राख्दै मेयर साहले क्रिकेट खेलको विस्तार एवं राम्रा खेलाडी उत्पादनका क्षेत्रमा आरसिएलाई विभिन्न चरणमा नगरपालिकाबाट आवश्यक सहयोग गर्दै आएको चर्चा गरे ।
पछिल्लो चरणमा पालिकाबाट गौर नगरमा उत्कृष्ट खेलाडी चयन गरेर खेलाडीहरु तयार पारिएको चर्चा गर्दै क्रिकेट खेलको विकासका लागि आफूबाट हुने सकिदो सबै सहयोग गर्ने बताए । राइस मिल्सको जग्गामा खेल मैदान बनाउन आफू निकै प्रायसरत रहेर ५ करोड रकम विनियोजित गरेर अहिले पनि राखिएको छ तर प्रदेश सरकार गम्भीर नरहेको हुँदा राईस मिल्स अधिग्रहण हुन नसकेको स्पष्ट पारे ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार शैलेन्द्र गुप्ताले नगरमा खेल प्रति बढ्दै गएको जागरुता र खेल मैदानको अभावको कारण गौर राइस मिल्सलाई रौतहट क्रिकेट संघको मातहतमा ल्याउन नगरपालिका संग आवश्यक पहल गर्न सुझाव दिए ।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै संचारकर्मी प्रभातकुमार झाले पछिल्लो समयमा क्रिकेट खेल प्रति बढ्दै गएको आकर्षणलाई अझ बढाउनका लागि रौतहट क्रिकेट संघको पहलमा जिल्लाको १८ औं पालिकामा क्रिकेट एकेडमी संचालन गराएर उत्कृष्ट कोच सहितका सपोट स्टाफ राख्न गराउनमा महत्वपूर्ण भुमिका खेल्न आग्रह गरे । १० औं साधारण सभाबाट क्रिकेट प्रति प्रतिभावान खेलाडीको अकर्षण बढाउने ठोस निर्णय हुनुपर्ने सुझाव दिदै साधारण सभाको शुभकामना दिए ।
रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा उपाध्यक्ष मनोज शर्मा, सचिव प्रमोद साह, कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु), सदस्यहरुमा राजिनन साह, शिवराज मुखिया, प्रमोट मुखिया, उत्तम भटराई, जितेन्द्र भारती लगायतका जिल्ला कार्य समितिका सदस्यहरुको उपस्थिति रहेका थिए भने कार्यक्रमको संचालन संघका सदस्य एवं संचारकर्मी गौतम श्रेष्ठले गरेको थियो ।
उक्त कार्यक्रममा गौर नगरका क्रिकेट टिम र रौतहट महिला क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति रहेको थियो । गौर क्रिकेटमका क्याप्टेन र महिला क्रिकेट टिमका क्याप्टेनलाई गौर नगरका मेयर शम्भु साहले सम्मान गर्नुका साथै सोही समारोहमा आरसिएका अध्यक्ष पवन साहले मेयर साहलाई मायाको चिनो भेट गरेको गौतम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार