नेपाली र अमेरिकी सेना बीच संयुक्त सैन्य अभ्यास

0 Shares

तस्वीर श्रोतः नेपाली सेनाको फेसबुक पेजबाट लिइएको छ ।

रौतहट, ३० भदौं । नेपाली र अमेरिकी सेना बीच आईतवार देखि संयुक्त रुपमा सैन्य अभ्यास सुरु भएको छ ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदा गर्ने उद्र्देश्यबाट आज देखि असोज २ गते सम्म नेपाली र भारतीय सेना बीच संयुक्त रुपमा सैन्य अभ्यास सुरु भएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
संयुक्त अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । “अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को समयमा सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ”, प्रवक्ता केसीले भने ।
काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् । सन् २०१२ देखि सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार