राधेश्याम कुशवाहा
सर्लाही, ३० भदौं । सर्लाहीको विष्णु गाउँपालिकाको मधुवन र विश्वनाथपुरमा लागेका महाबिरी झण्डा मेलामा संयुक्त सुरक्षाकर्मीहरुको चुस्तदुरुस्त भएको कारण शान्तिपूर्वक मेला लाग्न सफल भए ।
विष्णु गाउँपालिका वडा नम्वर ३ मधुवन बजार र विश्वनाथपुर लागेको मेलामा जुवाताश खेलाउन साँठगाँठ गरेका व्यवस्थापन समितिको योजनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले विफल बनाएर महाबिरी झण्डा मेलालाइए पूर्ण रुपमा शान्ति एवं हर्षोल्लासका साथ निर्भिक एवं सभ्य शैलीमा झण्डा मेला भर्नेहरुको घुइचो लागे ।
नेपाल भारतको सीमावर्ती क्षेत्र छेउमै लाग्ने उक्त मेलामा सीमापारीबाट आएर जुवा ताश खेल्दै गर्दा शान्ति सुरक्षामा खलल पर्दै आइरहेको अवस्थामा नेपाल प्रहरीको सुझबुझको कारण मेलामा भईरहेका जुवातासलाई जफत गरेर कारवाही गरेर मेलामा कडाई गरे पश्चात मेला शान्तिपूर्वक भइरहेको बुझिएको छ ।
जुवातास खेलाउने माथि कारवाही गरेर उक्त सामानहरु जफत गरेर निगरानी प्रहरीले बढाएर मधुबन वजारको महाविरी झण्डा मेलामा स्थानीयहरु निर्भिक भई मेला भर्नेहरुको घुइचो लागेको थियो ।
मेलालाई इलाका प्रहरी कार्यालय गडहिया डुमरिया र सशस्त्र प्रहरीको वल गुल्म सिमरा र विओपी बाराबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएर एकदमै शान्ति व्यस्थालाई चुस्तदुरुस्त बनाएकोमा स्थानीयहरुले अत्यन्तै सराहना गरे ।
विगतका बर्षहरुमा उक्त स्थानमा लाग्ने महाबिरी मेलामा झै झगडा भएर दर्जनौं मानिसहरु घाइते हुँदै आएका थिए । त्यती मात्रैभई जुवा तास रक्सी खाएर अत्याधिक संख्यामा सीमापारीबाट आउनेहरुको कारण घटना हुँदै आएका थिए तर अहिले सुरक्षा व्यवस्था चुस्त भएको हुँदा शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानीयहरुले भने ।
मेला समितिले मेलामा जुवातास खुलाउनका लागि डेढ लाखमा विक्री गरेको दाबी श्रोतको छ ।