नेपाल पत्रकार महासंघ बाराको कार्यालयमा एतिहासिक आन्दोलन

0 Shares

श्याम गुप्ता
बारा, ३० भदौ । नेपाल पत्रकार महासंघ, बारा शाखाको कार्यालयमा आईतवारबाट एतिहासिक आन्दोलन सुरू भएको छ ।
पछिल्लो समय बारा शाखाको कार्यालयमा प्रेस यूनियन लगायत अन्य संगठनहरूले पटक–पटक आन्दोलन गर्दै आएकोमा ईतिहास मैं पहिलो पटक प्रेस चौतारी नेपाल, बारा शाखाले सदस्यताको विषयलाई लिएर आइतवार नेपाल पत्रकार महासंघ बारा शाखाको कलैयाको मोतवाग स्थित कार्यालयमा तालाबन्दी गरेको हो ।
केन्द्रिय निर्वाचन समितिले शनिवार राती सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टी जनाउँदै चौतारी बाराले तालाबन्दी गरेको बुझिएको छ ।
शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाएर केही निष्कृय व्यक्तिलाई समावेश गर्दै नामावली सार्वजनिक गरेपछि प्रेस चौतारी बाराले आपत्ति जनाएको छ ।
महासंघको शुद्धिकरण अभियानको सुरुवात देखि सहकार्य गर्दै आए पनि अन्तिम समयमा छलफल नैं नगरी एकलौटी र एकतर्फी ढंङ्गले गैर पत्रकारको समावेश गरी नामावली सार्वजनिक गरेको भन्दै चौतारी बाराले विरोध गरेको हो ।
महासंघको कार्यालयमा तालाबन्दी गर्दै चौतारी बाराले विज्ञप्ति जारी गरेर शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाउँने गरी आएको नामावली सच्याउँन माँग गरेको छ ।
बाराका अध्यक्ष दिवाकर भण्डारी र सचिव जिउत प्रसाद यादवद्वारा जारी विज्ञप्ति मार्फत चौतारीले सक्रिय पत्रकारलाई पाखा लगाएर गरिएको शुद्धिकरणको कुनैं औचित्य नरहेको उल्लेख गर्दै उक्त नामावली सच्याउँन माँग गरिएको छ ।
पत्रकारितामा सक्रिय रहेका व्यक्तिलाई पाखा लगाएर गर्न लागिएको निर्वाचनमा सहभागी नहुँने उल्लेख गर्दै चौतारीले सक्रिय पत्रकारलाई समावेश नगरे सम्म तालाबन्दी नखुल्ने समेत जनाएको छ ।
चौतारीले आँफूहरुको माँग पूरा नभए सम्म बारामा पत्रकार महासंघको निर्वाचनको प्रक्रिया अगाडि नबढाउँन आग्रह गरेको छ, भने जबरजस्ती निर्वाचन गर्न खोजिए त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएको छ ।
चौतारी बाराका अध्यक्ष भण्डारीले पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई निर्वाचनको प्रक्रिया अगाडि नबढाउँन ध्यानाकर्षण समेत गराएका छन् ।
अध्यक्ष भण्डारीको नेतृत्वमा महासंघको कार्यालय पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष लक्ष्मी साह, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, सहसचिव दुष्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सदस्य पन्नालाल दास, चौतारी बाराका सचिव जिउत यादव, सहसचिव इन्दिप कोईराला, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्य धिरेन्द्र तिवारी लगायतकाले तालाबन्दी गरेका हुँन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।