हर्षोल्लासका साथ विश्वकर्मा पुजा मनाइदैं

0 Shares

रौतहट, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पुजा धुमाधामका साथ रौतहट सहित देशविदेशमा मनाइदै छन् ।
असोज १ गते संक्रान्तिका दिन विश्वकर्मा भगवान सहित वास्तुको धुमधामको साथ पुजा पूजा आरधना गरी मनाइदै गरेका हुन् ।
आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजारहरु लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ । पेट्रोल पम्प, वर्क सपहरुलाई सजाएर पुजा भईरहेका छन् ।
बालुवा र माटोबाट बनाइएका विश्वकर्माको मूर्ति बनाएर पुजा पश्चात विभिन्न जलाशय एवं पवित्र स्थानमा सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास र मान्यता रहेको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार