तिन हजार पिस नाइट्राजेपाम लागुऔषध सहित दुई नियन्त्रणमा

   १० कार्तिक २०७८, बुधबार १७:३६  

तराई टप संवाददाता
रौतहट, १० कार्तिक । ठूलो परिमाणमा लागु औषध लिएर सर्लाहीबाट रौतहट तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रपुरले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
विशेषस सुचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा विरगंज र इलका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले चन्द्रपुर नपा ४ स्थित पुर्व पश्चिम राजमार्गमा प्रहरीले एम्बुस थापी चेकजाँच गर्दा सर्लाही इश्वरपुर नपा ५ पोखरियाका २२ बिर्षय रोज महम्मदले बोकेको झोलालाई जाँच गर्दा ३००० पिस नाइट्राजेपाम र १० पिस नाइट्राभेट सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
प्रहरी नियन्त्रणमा रहेका युवक महम्मदलाई सोधपुछ एवं अनुसन्धान गर्दा उनी भरिया मात्रै भएको इश्वरपुर नपा २ का ३७ बर्षिय देवेन्द्र दासले पठाएको जानकारी दिएपछि प्रहरीले दासलाई समेत पक्राउ गरी लागु औषध शिर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट आवश्यक अनुसन्धानको लागि न्यायायिक हिरासतमा राख्न म्याद थप गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरको डिएसपी लिलाराज लामिछानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै