स्टोरमा अख्तियारको छापा, लुटखसोट एवं आर्थिक अनियमितताको अखाडामा परिणत हुँदै प्रादेशिक अस्पताल गौर

0 Shares

रौतहट, १ असोज । लुटखसोट एवं अनियमितताको थलो बन्दै गएका प्रादेशिक अस्पताल गौरको स्टोरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट अएका एक टोली छापा मारेका छन् ।
श्रोतका अनुसार सोमवार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बा.एडि ९०६४ नम्वरको गाडीबाट आएका टोलीले प्रादेशिक अस्पताल गौरको औषधी भण्डारण सहितका विभिन्न सामानहरु राखिने भण्डार कक्ष अर्थात स्टोरमा छापा मारेका हुन् ।
प्रादेशिक अस्पतालबाट खरिद भएका औषधीहरु स्टोर राखिने गरेको हुँदा अख्तियारको टोलीले प्राप्त सूचनाको आधारमा छापा मारे औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेको बताइएको छ । अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको बुझिन आएको छ ।
सञ्चारकर्मीहरूको एक समुहले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे, उनीहरूले कुनै पनि जानकारी दिन अस्वीकार गरे । टोली कहाँको हो र कति जना सदस्यहरू थिए भन्नेबारे पनि कुनै जानकारी दिइएन । समाचार श्रोतहरूका अनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किए । यस क्रममा स्टोर इन्चार्ज राम अश्रे मुखियासँग केही बेर सोधपुछ गरिएको थियो ।
अबैध लुटतन्त्र एवं अनियमितताको अखाडामा परिणत प्रादेशिक अस्पताल गौर
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं अस्पतालका मेडिकल सुप्रिटेन्डेन्टको अपवित्र साँठगाँठको कारण पटरीमा आइसकेका प्रादेशिक अस्पताल गौर आर्थिक अनियमितता, लुटखसोट एवं विभिन्न अनाधिकृत कार्य गर्नेहरुको अखाडामा परिणत हुँदै गएका छन् ।
अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरमाथि गोप्य टेन्डर मार्फत औषधि उपकरण खरिदमा अनियमितता, अस्पतालमा टाइल्स र मार्बल जडान, मर्मत संम्भार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा व्यापक रुपमा आर्थिक अपचलन गरेको आरोप लागेका छन् ।
स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याब सँग पनि साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ । यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरु डरत्रासपूर्ण रुपमा काम गर्नुपर्ने विवशता रहेको बताइएको छ ।
मेडिकल अफिसरहरुलाई अध्यक्ष साहमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको बताइएको छ । स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही हुन नसकेको गम्भीर आरोप लगाए । त्यती मात्रै नभई अध्यक्ष हासमीले मेडिकल अधिकृत संग खराब व्यवहार गर्दै आएपछि बाध्य भएर उनीहरु काम नगर्ने चेतावनी दिदै आएपनि सम्बध निकाय हाल सम्म उदाशिन रहदा गौर अस्पताल गैर कानुनी कार्यको अखाडामा परिणत हुदै गएको यतिखेर आरोप लाग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार