नयाँ दिल्ली, १ असोज । महिला नेत्री आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन् ।
आम आदमी पार्टीका मुखिया (अध्यक्ष) अरविन्द केजरीवालले पार्टीका विधायकहरूको बैठकमा महिला नेत्री आतिशीमा आफनो उत्तराधिकारीको रुप देखेपछि उनको नाम प्रस्ताव गरेपछि पार्टीले आज सर्वसम्मतिले सहमति जनाए ।
वित्त, शिक्षा र राजस्व सहित १४ वटा पोर्टफोलियोहरु सम्हाल्ने र केजरीवाल जेलमा रहँदा विरासत सम्हाल्नेहरु मध्ये ४३ वर्षीया कांग्रेसकी शीला दीक्षित र भाजपाकी सुष्मा स्वराज पछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने निश्चित भएका छन् ।
केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई राजनिवासमा आज अपराह्न ४.३० बजे भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने र आतिशीलाई उत्तराधिकारीको रूपमा मुख्यमन्त्रीमा नियुक्तिको मार्ग प्रशस्त गर्ने भारतीय मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
श्रोतः पीटिआई