सर्लाही, २ असोज । नेपाली काँग्रेसको समन्वयमा सर्लाहीको फुलपरासी गाउँमा बुधवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका वडा नम्वर २ फुलपरासी गाउँमा नोबेल मेडिकल कलेज टिचिंग अस्पताल र काठमाडौं मेडिकल कलेजको संयुक्त आयोजनामा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
निःशुल्क स्वास्थ्य शिविरलाई नेपाली काँग्रेसका कन्द्रीय सदस्य सुनिल शर्मा, नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले संयुक्त रुपमा शिविरका उदघाटन गरेका थिए ।
उदघाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्ण प्रसाद यादवले स्वास्थ्यको दृष्टिकोर्णबाट अत्यन्तै पिछडिएका यस क्षेत्रमा नोबेल र केएमसी मेडिकल कलजेका विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न तपाईहरुको घरदैलोमा आएको हुँदा यस्तो मौकालाई अवसरको रुपमा उठाउने उनले आग्रह गरे ।
मधेश प्रदेशका नागरिकहरुलाई पूर्ण रुपमा स्वस्थ्य राख्न नेपाली काँग्रेसले यथोचित पहलकदमी समय समयमा गरिरहेको उनले चर्चा गरे ।
सो कार्यक्रममा मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, परोहा नगरपालिकाको मेयर शेख वकिल लगायतका मधेश प्रदेशका नेता एवं कार्यकर्ताहरुको उपस्थितिमा भव्य रुपमा शिविर संचालन भएको प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन