zoom for windows download zoom joining a meeting instructions - zoom joining a meeting instructions zoominfo stock forecast - zoominfo stock forecast zoom app download free windows 8 download zoom for pc windows 10 free free zoom cloud meetings app download for pc zoom msi install parameters download blur filter for zoom

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिए

   ११ कार्तिक २०७८, बिहीबार १५:२६  

तराई टप संवाददाता
सिरहा, ११ कार्तिक । बोक्सीको आरोप लगाउदै दलित महिलालाई कुटपिट गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर १० पर्चिलवा गाउँ बस्ने ५३ बर्षिया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर चरम कुटपिट गर्ने स्थानीय युवक रामविलास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
व्यत्तिगत रिसिइवीको कारण यादवले महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको पिडित पक्षले दिएको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिइएको यादवलाई विहिवार नै अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै