रौतहट, ३ असोज । विमा क्षेत्रमा विगत लामोसमय देखी गैर कानुनी कार्यहरु निरन्तर रुपमा चल्दै आएको विभिन्न समयमा समाजिक संजाल सहित मिडियाहरु मार्फत समाचार प्रकाशित एवं प्रशारित हुँदै आएपनि सम्बध निकाय उदाशिन रहदा सोको मारमा आम विमाधारीहरु पर्दै गएका छन् ।
पछिल्ला केही बर्ष देखि विमा कम्पनीहरुको गलत कार्य विरुद्ध अनवरत रुपमा समाजिक संजाल सहित विभिन्न समाचार माध्यमहरुबाट समाचार प्रकाशित हुँद आएका हुन् । विमा कम्पनीहरुलाई निगरानी गर्ने नेपाल विमा प्राधिकरण उक्त गलत कार्यहरुको खण्डन गर्नुको साटो उल्टै मौन बसी आन्तरीक साटघाट गरेर नेपालका सम्पूर्ण, ऐन, कानुन, निति निर्देशिका विपरीत कार्यहरु गरिरहेको पाइएको आरोप आम विमाधारीहरुले लगाए ।
यस्ता कार्यहरु दिनानुदिन मौलाउदै गरेका छन् । नाटकीय रूपमा बिमा कम्पनीहरुका एजेन्टहरुलाई विरोध गर्न लगाउने, आन्दोलन कै नाममा चन्दा असुली गराउने केही दिनदेखि यस्ता नाटकहरु मञ्चन भईरहेको प्रति विमाधारीहरुले तिव्र रुपमा असन्तुष्टि पोखेका छन् ।
लिखित रुपमा समझौता गरी मुल मुद्दालाई ओझेलमा पार्न विभिन्न जालझेल भईरहेको रहस्य पूर्व एजेन्सी मैनेजर सत्येन्द्र पाण्डेले आरोप लगाए । विगतमा भएको पटक–पटकको आन्दोलनमा माग गरेको बुंदाहरु बर्षों वितिसक्दा पनि कार्यान्वयन नभई आम विमाधारीहरुले पाउनु पर्ने सेवा सुविधाहरु निरन्तर रुपमा घटनु र विमा कम्पनीका पदाधिकारी, कर्मचारीहरू, एजेन्टहरू को सेवा सुविधा बढ्दै जानु दुःखद भएको विमितहरुले खुला रुपमा दुखेसो पोखो ।
विमा कम्पनीहरुको यस्ता कार्यलाई सार्वजनिक गराएर कारवाहीको डायरमा ल्याउनुपर्ने विमाकर्ता संघहरु पनि कम्पनी संगै नाटकीय रुपमा बन्द हडताल गर्ने, चन्दा असुल गर्ने, व्यक्तिगत रुपमा मुद्दा संग वार्गेनिंग गरी हुनेछ, गर्ने छ सम्म अपवित्र सहमतीमा चुल्लुम्म डुबेको आरोप पाण्डले लगाए ।