राधेश्याम कुशवाहा
सर्लाही, ४ असोज । सर्लाहीको धनकौल गाउँपालिकामा बार्षिक स्वास्थ्य समिक्षा गाष्ठि सुरु भएको छ ।
धनकौल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चालु आर्थिक बर्ष २०८०÷०८१ मा सम्पादित स्वास्थ्य सम्बन्धित बार्षिक कार्यक्रमको समिक्षा गोष्ठी सुरु भएको हो ।
धनकौल गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा सुरु भएको स्वास्थ्य समीक्षा गोष्ठीलाई गाउँपालिका अध्यक्ष रामअश्रय साहले बत्ती पालेर उदघाटन गरे ।
वार्षिक स्वास्थ समीक्षा कार्यक्रम स्वास्थ्यका तथ्यांक प्रस्तुतिकरण मात्र नरहेको जिल्ला प्रतिनिधि तथा तथ्यांक अधिकृत लालबाबु रायले बताए । यो कार्यक्रममा स्वास्थ्यका तथ्यांक प्रस्तुत गरिनुका साथै स्वास्थ्य क्षेत्रमा देखा परेका समस्या तथा चुनौतीहरुमा माथी छलफल र तिनका समाधान समेत गरिन्छ, तथ्यांक अधिकृत रायले भने ।
जनप्रतिनिधिहरुले जनताको प्रत्यक्ष सम्पर्कमा रहेका कारण हामीले दिएको स्वास्थ्य सेवालाई गुणस्तर र प्रभावकारी कति छन् भने त्यसको सुझाव लिदै व्यवस्थित तथा गुणस्तरीय सेवा दिन सकिन्छ । यो स्वास्थ्य समीक्षा कार्यक्रम एउटा सिकाई रहेको बताउदै अनुभवको साटासाट रहेको समेत जिकिर गरे ।
स्वास्थ क्षेत्रमा भएका सिमित स्रोत साधनको वावजुद पनि धनकौल गाउँपालिकाले गत आर्थिक बर्षको भन्दा चालू आर्थिक बर्षमा ९ अंक बढी ल्याएको स्वास्थ्य शाखा प्रमुख अरुण महतोले जानकारी दिए ।
यो उपलब्धी हासिल गर्नमा अहोरात्र खटिने गाउँपालिकाका सम्पुर्ण स्वास्थकर्मीलाई धन्यवाद दिन चाहेको बताउदै अगामी दिनहरुमा पनि सिमित स्रोतमा उल्लेखनीय कार्य गर्न कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता समेत स्वास्थ शाखा प्रमुख महतोले जनाए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष रामअश्रय साहले स्थानीय तहबाट आम नागरिकको स्वास्थ्य सेवाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने बताए । सिमित स्रोत साधनको वावजुद पनि हाम्रा कर्मचारीले स्वास्थ क्षेत्रमा प्रंशंसनिय काम गरेको र स्वास्थ्य क्षेत्रका सुचकहरुको सुधारका लागि प्रत्यनशिल रहेको बताए ।
धनकौलको स्वास्थ क्षेत्रलाई जिल्लामै नमुना बनाउने स्थानिय तहको उदेश्यले रहेको बताउदै अध्यक्ष साहले गाउँपालिका स्वास्थ क्षेत्रमा सुधारका लागि स्वास्थ्य शाखालाई आवश्यक जनशक्ति र बजेट विनियोजन गर्न आफु तयार रहेको जिकिर गरे ।
स्वागत मन्तव्य गाउँपालिका अध्यक्ष साहको स्वकिय सचिव विरेन्द्र कुशवाहाले राखेका थिए भने उदघाटन सत्रलाई स्वास्थ शाखा प्रमुख अरुण कुमार महतोले संचालन गरेका थिए ।
कार्यक्रममा विशीष्ट अतिथी गाउँपालिका उपाध्यक्ष अकली सहनी, निमित्त प्रमुख प्रशासक अधिकृत कृष्ण मोहन साह, स्वास्थ शाखाका सह–संयोजक रामायणी प्रसाद साह, वन हर्टका अमरेन्द्र राय यादव र युएनएफपिए का बच्चालाल महतो, सबै वार्डका स्वास्थ चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखहरू लगायत जनप्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।