शिव आचार्यको अध्यक्षतामा ७५ सदस्यीय चन्द्रपुर एमाले समिति चयन

तराई टप संवाददाता
चन्द्रपुर (रौतहट), ११ कार्तिक । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको सम्पन्न अधिवेशनबाट शिव आचार्य अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन गरिएको छ ।
निर्वाचन समितिको संयोजक अखिलेश्वर चौधरीले दिएको जानकारी अनुसार उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिवमा विनोद चौधरी, सह सचिवमा लालबहादुर दोङ, राम सिहासन यादव र सदस्यहरुमा चिनिया बहादुर राना, कृष्ण बहादुर थापा, बलराम जोशी, रमेश तिमलसिना, दिवाकर सापकोटा, सुनिल तिमलसिना, बिष्णु न्यौपाने, बलिराम चौधरी, यादव क्षेत्री, भोला थपलिया, प्रेम बहादुर रुम्मा, बाल किशोर ठाकुर, देब बहादुर सापकोटा लगायतका ७५ सदस्यीय चन्द्रपुर नगर समितिको चयन गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरी, प्रदेश सदस्य उद्धव रेग्मी, राजु धामी, अखिलेश्वर चौधरी, प्रमोद चौधरी सहितका नेताहरुको सहभागिता रहेको थियो ।