रौतहटमा ट्राफिक अवस्था किन कमजोर हुदै गईरहेछ ?

0 Shares

रौतहट, ५ असोज । ट्राफिक प्रहरी किन चाहिन्छ ? ट्राफिक प्रहरी मात्रै जरिवाना एवं अन्य रकम मात्रै उठाउने काम किन गर्दछ ? अहिले रौतहट जिल्ला भरी नै चर्चाको बिषय बनेका छन् ।
रौतहट जिल्लामा सबार दुर्घटनामा कमी आएको छैनन् । सवारी ऐन विपरित सवारी साधन गुडाउनेलाई कारवाही एवं जरिवाना गरिने कार्य पनि संचालनमा रहेको भएपनि सवारी ऐनको वर्खिलाप गरेर बाइकमा प्रहरी नै तेश्रो व्यक्तिको रुपमा सवार भएर यात्रा गर्दा अन्य सवारीसाधन प्रयोगकर्ताहरु कसरी नियमको पालना गर्लान ? भन्ने अहिले रौतहटमा ट्राफिक प्रहरी माथि प्रश्न चिन्ह खडा भएका हुन् ।


सदरमुकाम गौर नगरका सडक देखि लिएर पेटि सम्म तिन पाँग्रे, चार पाँग्रे र दुई पाग्रेको कब्जा भएको सजिलै देखिन सकिन्छ । गौरमा ट्राफिक प्रहरीको कुनै पनि मापदण्ड छैनन् । यहाँ सम्मकी जिल्ला प्रहरी कार्यालय अगाडी, ट्राफिक पोष्ट अगाडी, अस्पताल चोक देखि लिएर नेपाल लज लगायत नगरको विभिन्न स्थानहरु टेम्पु पार्किगको थलो बन्दा नगरमा सवारी दुर्घटनाको अत्याधिक जोखिम बढेपनि ट्राफिक प्रहरीको त कुरा छाडौं जिल्ला प्रहरी कार्यालय उदाशिन रहेको हुँदा गौरमा ट्राफिक अवस्था लथालिंग रुपमा रहेको पाइएका छन् ।
गौरमा झण्डै डेढ सय नेपाली अटो र ९० भन्दा बढि भारतीय नम्वरको अटोले दैनिक रुपमा यात्रुहरुलाई सेवा प्रदान गर्दै आएका छन् । प्रत्येक नेपाली र भारतीय अटोरिक्सा संग एक हजार देखि पन्द्रह सय सम्म रकम उठाएर ट्राफिक प्रहरीलाई दिने गर्दछ । अटो रिक्साका सुरेन्द्र साहले महिनावारी रुपमा सबै संग रकम असुल गरेर ट्राफिकमा पुर्याउने गरेको बर्षौ वितिसक्दा पनि व्यवस्थित रुपमा पाकिंगको व्यवस्थापन हुन सकेको छैनन् ।
त्यत्रो रकम महिनामा संकलन भएर नेपाल सरकारको राजस्व खातामा नगई सिधै त्यस संग सम्बन्ध राख्ने निकायहरुमा जाने गरेको अटोरिक्सा चलाउने चालकले आफनो नाम नछाप्ने शर्तमा तराई टप संग दुखेसो पोखे ।
ट्राफिक कार्यालय गौरको प्रमुखमा सई सन्दीप जयसवाल आए देखि नै ट्राफिक अवस्था अत्यन्तै कमजोर भई जथाभावी रुपमा पाकिंग भईरहदा उनलाई कुनै मतलव नै नरहेको बताइएको छ । जयसवाल अटोरिक्सा र यातायात कार्यालयमा हुने लाइसेन्स परिक्षामा सेटिंग गर्नमा मात्रै व्यस्त रहदा गौरमा ट्राफिकको लथालिंग अवस्थामा पुगेको स्थानीयहरुले गम्भीर आरोप लगाए ।
यस्तै जिल्लाको गरुडा, चन्द्रपुर सहितका प्रमुख स्थानका सडक पेटिहरु कब्जा गरेर पसलहरु थापिएको, सवारी ऐन विपरित सवारी चलाउदा कारवाही नगरिएको, तिन पाँग्रेको क्षमता भन्दा बढि यात्रुहरु राखेर संचालन गरिएको लगायतका कारण समग्र रुपमा रौतहट जिल्लामा ट्राफिकको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ ।

ट्राफिक कार्यालय, सिंचाई मोड र जिल्ला प्रहरी कार्यालय अगाडीको दृष्य

नेपाल लज देखि उत्तर बरहवा पुल तर्फ जाने बाटोको अवस्था

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।