हैजा संक्रमित राजपुरमा स्वास्थ्य सचिव ठाकुरले गरे स्थलगत निरीक्षण

0 Shares

रौतहट, ५ असोज । राजपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा हैजाको लक्ष्ण रहेको विरामीको संख्या ५१ पुगेका छन् ।
असोज ३ गते देखि देखापरेको झाडापाखाला जस्तो हैजाको लक्ष्ण देखिएका विरामीहरु आज सम्म प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आउनेको संख्या ५१ पुगेको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिएका हुन् ।
उपचार गराउन आउने मध्ये ७ जनाको आरडिटी प्रविधिबाट परिक्षण गर्दा ६ जनामा हैजाको किटाणु फेला परेपछि कल्चर परिक्षणको लागि जनकपुर पठाइएको उनले भने । आज सम्म उपचारको लागि ५१ जना मध्ये २० जना डिष्चार्ज भएर घर फर्किसकेको र ३० जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख आलमले भने ।
विरामी परेकाहरु सबै हैण्डपाइप र खानेपानी सपलाई ट्याँकीको पानी खाँदै आएका थिए । खोला, जरुवा, कुवा आदीको पानी खाएमा हैजाको प्रकोट लाग्ने गरेको भएपनि चापाकल (हैण्ड पाइप) र ट्याँकीको पानी खाँदा हैजा लाग्नु अनुसन्धानको बिषय भएको ति श्रोतले भने ।
राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव संजयकुमार ठाकुर सहितको विशेषज्ञहरुको टोली आएर स्थलगत रुपमा अनुगमन गरेका छन् । हैजा जस्तो लक्ष्ण भएका महामारीलाई नियन्त्रण गर्न मन्त्रालयबाट यथोचित रुपमा चिकित्सकहरुको टोली सहित औषधी पठाउने र यही विरामीहरुको भोली देखि परिक्षण गरिने उनले प्रतिबद्धता जनाएको राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत खुर्शेद आलमले बताए ।

राजपुर नगरपालिकाको हैजा प्रभावित क्षेत्रलाई यथाशिघ्र नियन्त्रणमा लिन प्रदेशका स्वास्थ्य सचिव संजयकुमार ठाकुरले सरोकारवालाहरु संग छलफल गर्दै

प्रतिक्रिया

सम्बन्धित समाचार