रौतहट, ६ असोज । रौतहटको राजपुर नगरपालिका ३ र ४ नम्वर वडामा गत चार दिन देखि फैलिएको हैजाबाट संक्रमित हुनेको संख्या आईतवार सम्म ६२ पुगेका छन् ।
असोज ३ गते देखि झाँडापाखालाको रुपमा राजपुर नगरपालिका वडा नम्वर ३ र ४ मा देखा परेका विरामीहरुमा हैजा संक्रमित भएको तथ्य पुष्टि भएका हुन् जुन अहिले सम्म झाडापाखालाबाट प्रभावित हुनेको संख्या ६२ पुगेका हुन् ।
झाडापाखालाको रुपमा देखापरेपछि ७ जनाको सेम्पल टेष्टका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएपछि आरडिटी प्रविधीबाट परिक्षण गर्दा ६ ज हैजाको किटाणु फेला परेका थिए । असोज ४ गत १६ जनाको सेम्पल संकलन गरेर “प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा १२ जनामा हैजाको जीवाणु फेला परेको, राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिए”
खानेपानीका माध्यमबाट हैजा फैलिएको आशंका भए पनि सो को पुष्टी हुन नसकेको र पानीमा हैजाको जीवाणु परिक्षणको लागि पठाए पनि अहिले सम्म सो को नतिजा प्राप्त नभएको आलमले बताए ।
सो प्राथमिक स्वास्थ्य केन्द्रमा हाल सम्म आएका ६२ बिरामी मध्ये ४० जना उपचार पछि घर फर्किएका छन भने २२ जनाको उपचार जारी रहेको उनले भने ।
हैजा प्रभावित बस्तीमा आवतजावतमा रोकः जिल्ला प्रशासन कार्यालय रौतहट
समुदाय स्तरमा हैजा फैलिएपछि सो क्षेत्रमा धाराबाट खानेपानी वितरण बन्द गरिएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा सो क्षेत्र भरी बन्देज लगाएको छ । हैजा फैलिएको सो क्षेत्रमा माछामासु ओसार पसार तथा विक्रि समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट उक्त क्षेत्र भएर जानेआउने कार्य हालको लागि पूर्ण रुपमा बन्देज लगाउने कार्यमा सुरक्षाकर्मीहरुले सहयोग सहकार्य गर्ने र त्यसलाई स्थानीय बासिन्दाहरुद्धारा सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले अपेक्षा गरेको छ । हैजा प्रभावित बस्तीमा सुरक्षाकर्मीहरुले मोर्चा सम्हालिसकेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको सुरक्षा समितिबाट भएको निर्णयलाई अक्षरश कायम गराउदै सुरक्षाकर्मीहरुले मार्किग सुरु गरेको छ । सो गाउँ भएर अन्य व्यक्तिहरुलाई आवतजावत वा उक्त स्थानका व्यक्तिलाई हिडडुल नगर्न आग्रह गराउदै सुरक्षाकर्मीहरुले माकिंग गरिरहेको छ । सुरक्षाकर्मीहरुले हैजा जस्तो महामारीलाई समाप्त पार्न सबैको एकजुटता हुनु अति आवश्यक भएको हुँदा के गर्नु र के नगर्नु समेत माकिंगको माध्यमबाट प्रभावित बस्तीका नागरिकहरुलाई सचेत समेत गराउने कार्य आज साँझ देखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले स्पष्ट पारे ।
हिजै मधेश प्रदेशका स्वास्थ्य सचिव संजयकुमार ठाकुरले प्रभावित गाउँको निरीक्षण अनुगमन गरेर उपचारको भरपुर व्यवस्थापन मिलाउन निर्देशन दिदै औषधीहरुको समुचित रुपमा व्यवस्थापन गरिने बताएका थिए ।
राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि नगरपालिकाले संघिय सरकार, मधेश प्रदेश सरकार तथा सरोकारवाला सबैलाई हैजा नियन्त्रण्मा सहयोगको अपील गरेको छ ।