zoom download deb zoom meeting join a meeting online zoom desktop client download for windows 10 zoom clouds meeting download why is my zoom meeting not showing up - why is my zoom meeting not showing up download zoom app for windows 11

स्वर्गीय पत्रकार रामानन्द गुप्ताको शोकमा श्रद्धान्जली सभा

   ११ कार्तिक २०७८, बिहीबार १६:३४  

तराई टप संवाददाता
रौतहट, ११ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा मोफसलमा रहेर निर्भिक पत्रकारिता गर्दै आउनु भएको वरिष्ठ पत्रकार रामानन्द गुप्ताको निधन प्रति महासंघ रौतहट शाखाले विहिवार श्रद्धाञ्जली सभाको आयोजना गरेर मृत आत्मको बैकुण्ठ बासको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक शमवेदना व्यक्त गरेका छन् ।
प्रदेश नम्वर २ को सिरहा जस्तो विकट जिल्लामा ३५ बर्ष अघि पत्रकारिता शुरु गर्नु भएको रामानन्द गुप्ताले विभिन्न बाधा अवरोधलाई चिर्दै निरन्तर रुपमा समाज र देश हितमा निर्भिक्ताको साथ कलम चलाउदै आएका थिए । उनको हृदयघात भई असायमिक निधन भएकोमा सिंग पत्रकार जगतको अपुर्णिय क्षति भएको हुँदा उनको निधन प्रति रौतहट शाखाले आज श्रद्धाञ्जली सभाको आयोजना गरेर उनी प्रति समर्पण भावको साथै शमवेदना प्रकट गरेका हुन् ।

पत्रकारहरु आपसी द्धन्द छाडेर एकताबद्ध बन्न केन्द्रीय सचिव चौहानको आग्रह


श्रद्धाञ्जली सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव दिपेन्द्र चौहानले वरिष्ठ पत्रकार गुप्ताजीको भौतिक शरिर हामी विच नभएपनि उनले निर्भिक्ताको साथ कलम चलाएर समाज र देश प्रति देखाउनु भएको त्यागको उच्च मुल्याँकन आउने दिनमा गरिने बताए । पत्रकार गुप्ताले देखाएको मार्गमा हिडेर पत्रकार पत्रकार विचको आपसी लडाई एवं झगडाको कारण बाहिरी शक्तिहरु हावी भईरहेको हुँदा उक्त कार्यहरु तत्काल बन्द गरी सतमार्गमा हिड्न उनले आग्रह गरे ।
रौतहटको पत्रकारित क्षेत्रमा पछिल्लो समयमा देखिएको विकृति एवं विसंगति प्रति दुख व्यक्त गर्दै पत्रकार मोजिबुल्लाह प्रकरणमा आफनै साथिलाई विना आधार प्रमाण निलम्बन गर्नु र दोषिलाई उन्मुक्ति दिलाउने कार्यको निन्दा गरे । महासंघको सह सचिव संजय सहनीको नामै उच्चारण गरेर विना प्रमाण भारतमा लुक्नु परेको अवस्था सृजना यहाँकै साथीहरुको कारण भएको तर बास्तविक दोषी एसपी मज्जाले कार्यक्षेत्र बहालै रहदा उनले गम्भीर त्रुटि यहाँबाट भएको जिकिर गर्दै अहिले पनि सुध्रिएर कार्य गर्न सलाह दिए ।

फेसबुकियाहरुलाई महासंघको सदस्यता दिनु हुदैन प्रदेश महासचिव बन्जरा


प्रदेश नम्वर २ का महासचिव श्याम बन्जराले पत्रकारहरु छरिएर नभई एकजुट भएर अघि बढेमा बलियो हुने तर पत्रकारको आडमा फेसबुकीयाहरुलाई महासंघको सदस्यता बाँड्ने कार्य गलत रहेको बताए । संचारक्षेत्रमा देखिएको विकृति एवं विसंगतीलाई फिल्टर गर्ने दायित्व रौतहट शाखाको भएपछि प्रदेशले जाने सम्म हस्तक्षेप गरेर नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता जनाउदै स्वर्गीय पत्रकार गुप्ता प्रति श्रद्धाञ्जली व्यक्त गरे ।
रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा महासंघको केन्द्रीय सदस्य केसी लामिछाने, मिडिया फर बोडर हार्मोनीका अध्यक्ष अर्मेन्द्र तिवारी, पूर्व अध्यक्षद्धय शैलेन्द्र गुप्ता, रविन्द्र साह, विनयलाल दास, प्रभातकुमार झा, अनिल तिवारीले पत्रकार गुप्ताको परिवार प्रति शमवेदना प्रकट गर्दै उनको आत्मको शान्ति मिलोस भने कामना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै