रौतहट, ७ असोज । चिनियाँ नागरिकले अबैध रुपमा संचालन गरेको जुवा घरबाट प्रहरी चार चिनियाँ नागरिक सहित ७ जनालाई पक्राउ गरेको छ ।
संघिय राजधानी काठमाडौं महानगरपालिकाको बौद्ध तीनचुली स्थित पुष्पा लामाको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालय बौंद्धको टोलीले उक्त घरमा छापा मारेर चार चिनियाँ नागरिक सहित ७ जनालाई पक्राउ गरिएको हो ।
बौंद्ध स्थित पुष्पा लामाको घर भाडामा लिएर दोश्रो तल्लामा अबैध रुपमा जुवा “गेम जोन भन्दै फिस सुट” को नाममा हारजित हुने गरी जुवा खेलाएको आरोपमा ७ जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी काजिकुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा चिनको तब्बतस्थित आम्दो घर भएका २४ बर्षिय सोनाम तामाङ, तिब्बतको ल्हासा घर भएका ३० बर्षिय नोर्बु साम्देन, तिब्बत स्थित सिगाचे घर भएका २७ बर्षिय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ बर्षिय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, काठमाडौं महानगरपालिका ६ सिमलटारका २८ बर्षिय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपालल्चोक पाँचपोखरी थङपाल गाउँपालिका ४ घर भएका ३५ बर्षिय लोप्साङ लामा रहेको जनाइएको छ ।
पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको एसपी आचार्यले भने । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर भद्रकालीमा राखेर आवश्यक अनुसन्धान भईरहेको बुझिएको छ ।