जनमतको प्रशिक्षण तथा दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम

0 Shares

सर्लाही, ७ असोज । जनमत पार्टीद्धारा सर्लाहीको मलंगवामा हिजो आईतवार वृहद प्रशिक्षण तथा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले उदघाटन मन्तव्य दिदै दुई ठूला दल एक स्थानमा मिलेको हुँदा मुलुकमा ठूलो राजनीतिक अस्थिरता उत्पन्न हुने आशंका उनले गरे ।
सधैं वैचारिक मतभिन्नता भएका दलहरु कसरी एकाएक मिलेर सरकारको बागडोर आफनो हात लिएको हुँदा आउदो समयमा मुलुकमा ठूलो षड्यन्त्र हुने आशंका व्यक्त गर्दै आम नेपाली नागरिकहरु अहिलेको व्यवस्थालाई खेर जान नदिनका लागि खवरदारी गर्नुपर्ने आवश्यक्ता महसुस गरे ।
जनमत पार्टीका जिल्ला अध्यक्ष श्रीचन यादवको अध्यक्षतामा सम्पन्न प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रीय संयोजक डा. जयकान्त राउत, केन्द्रीय सदस्यहरु नरेश कुशवाहा, संजयकुमार सिंह, मनोहरी देवी वैठा, राजनितिक समिति सदस्य तथा केन्द्रीय सदस्य राकेश मिश्रा र हरिनन्दन राय यादव लगायतका केन्द्रीय सदस्य जिल्ला नेतृत्व, गाउँ नेतृत्व लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरेर जनमतमा आएका दर्जनौं मानिसहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै संगठन विस्तारमा लाग्न डा. राउतले निर्देशन दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार