रौतहट, ८ असोज । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले सत्ता उन्मादमा मात्तिएर सत्ताको चरम दुरुपयोग गर्दै आइरहेकोहरुबाट अभिव्यक्ति स्वतन्त्रता गम्भीर संकटमा परेको विचार व्यक्त गरे ।
पूर्वमन्त्री समेत रहनु भएका साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु विरुद्ध उल्टै दण्डित हुनुपर्ने कारणले “वाक स्वतन्त्रताको हक” गम्भिर संकटमा परेको टिप्पणी गरेका हुन् ।
आजपा पदाधिकारीहरुको बैठकलाई काठमाडौंमा मंगलवार सम्बोधन गर्दै उनले आजको समयमा वाक स्वतन्त्रताको हकÞ गम्भिर संकटमा पुगेको बताए । बर्षौ देखिको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त वाक स्वतन्त्रता सरकारकै कारण संकटमा परेको गम्भीर आरोप लगाए ।
बर्षौ बर्ष देखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता माथि आज गम्भिर संकटमा परेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेताहरु सत्ताउन्मादमा मातेका छन्, आफ्नो कुकर्म छोप्न जस्तो सुकै पनि स्तरमा पुगेको छ, के सरकारबाट भईरहेको संस्थागत भ्रष्टाचारको विरोध गर्नै नहुने हो र ? नेताहरुले गरेको भ्रष्टाचारको विरोध गर्यो भने झुठो मुद्दा खेप्नुपर्ने अवस्था सृजना भएको हुँदा नेपालबाट वाक स्वतन्त्रता किन हराउदै गएको छ, उनले गम्भीर प्रश्न गरे ।’
सत्तामा पुगेका नेताहरुले भ्रष्टाचारमा देशैभरी आतंक मचाएको उनले आरोप लगाए । “हामी टुडिखेल बिर्सिएका छैनौं । बिभिन्न क्षेत्रहरुमा सही कुरा बोले वापत झुठो मुद्दा लगाइएको छ । विरगंजमा विरगंज टेलिभिजनले मालपोतको बेथितिको बारेमा समाचार प्रशारण गरे वापत टेलिभिजनका पत्रकार, मालिक देखी लिएर सही कुरा गर्ने उपभोक्तालाई समेत मुद्दा लगाइएको छ । यो भनेको स्वतन्त्रताको हकमाथिको ठूलो हमला हो” आजपा अध्यक्ष साहले भने ।
अहिलेको लोकतन्त्र नभई दलाल लुटकारी दलतन्त्र भएको बताउँदै उनले दलतन्त्र राजाको पथमा अगाडी बढेको टिप्पणी उनले गरे । राजाको पथमा अगाडी बढनु भनेको बिनाशको बाटो भएको उनले बताए । आम जनताले फेरी स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिनुको बिकल्प नभएको बताउँदै उनले त्यसका लागि आम जनता पार्टीले नेतृत्व गर्न तयार रहेको स्पष्ट पारे । भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताको विरुद्धमा एकजुट भएर अगाडी बढनुको बिकल्प नभएको बताउँदै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि सबैएकजुट नभए भ्रष्ट शासकले देशमा आतंक बचाउँने उनले चेतावनी दिए ।