सविउल शेषको अध्यक्षतामा ३३ सदस्यीय सर्लाही जिल्ला अखिल क्रान्तिकारीको कार्य समिति गठन

0 Shares

सर्लाही, ९ असोज । नेकपा एकिकृत माओवादी निकट अखिल क्रान्तिकारीको सविउल शेषको अध्यक्षतामा ३३ सदस्यीय सर्लाही जिल्ला कार्य समिति गठन गरिएका छन् ।
गत भदौं १२ गते १८ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व चयनका विषयमा विवाद एवं समहमती हुन समेनन् । सहमतीको निकै प्रयास गरिएपनि सफलता नपाएपछि सविउल शेषको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेर अनुमोदनका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरिएका हुन् ।
गठित कार्य समतिको उपाध्यक्षमा प्रकाश पासवान, सचिवमा शंकर मैनाली (उजल) सहसचिवद्धयमा प्रकृति बराल, श्रीकृष्ण सुवेदी, कोषाध्यक्षमा प्रमोद सहनी सदस्यहरुमा सन्ध्या पौंडेल, चन्दनकुमार महरा, विश्वजीत यादव, सुस्मिता कापर, अवधेश यादव, सन्तोषकुमार राय, समन यादव, सरोज यादव, सन्तोष यादव, रन्जुकुमारी महतो, अनिल कुमार,आदित्य कापर, शुशिल कुमार यादव, शेष इफतिखार, निभा यादव, विकास यादव, मनिताकुमारी रिजाल, अंशु थापा, चन्द्र स्याङतान तथा उपाध्यक्ष सहित ६ जना खाली राखिएका माओवादी जिल्ला इन्चार्ज अच्युतम काफ्लेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार