मुख्यमन्त्री सतिशकुमार सिंहको सय दिने यात्रा, कामकाजको लेखाजोखा सार्वजनिक

0 Shares

जनकपुरधाम, ९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह नेतृत्वको सरकारको सय दिनको यात्रा पुरा गरेको छ । उक्त यात्राको क्रममा गरिएका कामकाजको लेखाजोखालाई गरे ।
बुधबार जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिँहले आफनो नेतृत्वको सरकारको सय दिनका अवधिमा मधेश प्रदेशसभाबाट सालवाशी विधेयक बाहेक प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा बनेका विधेयक र प्रदेश यातायात तथा सवारी व्यवस्थापन विधेयक गरी चारवटा विधेयक पारित भएको बताए ।
उनले केही अत्यावश्यक र महत्वपूर्ण विधेयकहरू प्रदेशसभाका विभिन्न विषयगत समितिमा छलफलमा रहेका र केही विधेयकको मस्यौदा तयार भई प्रदेश सभामा पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रदेश वन ऐन लगायत विभिन्न ऐन संशोधनका लागि मस्यौदा तयार भइसकेको, केही ऐनका नियमावली मस्यौदा अन्तिम चरणमा रहेको र सरकारले गर्ने कामकाज सँग सम्बन्धित कार्यविधि, निर्देशिका तथा मापदण्डहरू बनाउने काम पुरा भइसकेको बताए ।
मुख्यमन्त्री सिँहले प्रदेश लोकसेवा आयोगमा रिक्त अध्यक्ष र एक सदस्य नियुक्त गरी आयोगलाई पूर्णता दिएको, प्रदेश नीति तथा योजना आयोगमा क्षमता र सक्षमताका आधारमा व्यावसायिक व्यक्तिहरूलाई नियुक्त गरिएको र लामो समयदेखि थाती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुचि, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा राखी.तिनीहरूको उत्प्रेरणा र मनोवल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन भइरहेको उल्लेख गरे ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएस अध्ययन अध्यापन अनुमति दिइएको र चिकित्सा सेवा आयोगले प्रतिष्ठानमा एमबिबिएस पठनपाठनका लागि ५० सिट स्वीकृत गरेको भन्दै एमबिबिएस लगायत जन तथा चिकित्सा शिक्षा सञ्चालन गर्न स्रोत सुनिश्चित गरी प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा तीन सय बेड थप गरिएको बताए । ‘यसले प्रादेशिक अस्पतालबाट प्रवाह हुने सेवा विशिष्टीकृत तथा गुणस्तरीय हुनेछ ।’ उनले भने ।
मुख्यमन्त्री सिहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न धनुषा र सिरहामा शैक्षिक पार्क बनाउने प्रक्रिया अघि बढाइएको बताए । उनले यस्तो पार्क मधेश प्रदेशका आठवटै जिल्लामा क्रमिक रूपमा एक–एक वटा स्थापना गर्दै जाने सरकारको योजना रहेको पनि प्रस्ट्याए ।
कृषिक्षेत्रसँग सम्बद्ध सूचना विस्तृत र सरल ढंगले किसानसम्म पुर्याउन, प्रदेश सरकारका कृषिसम्बन्धी नीति र कार्ययोजनामा किसानको पहुँच बढाउन, कृषि प्राविधिक र किसानबीच समन्वयकर्ता कायम गर्न, माटो परीक्षणको उपादेयता र विषादीका प्रभावबारे किसानलाई जानकारी गराउन र महामारीका विषयमा सम्बन्धित निकायसम्म समयमै सूचना पुर्याउ कृषिक्षेत्रमा भुइँतहका सम्भावना र समस्या पहिचान गर्न कृषि क्षेत्रमा महिला स्वयंसेविका परिचालन गर्ने योजना अघि बढाइएको बताए ।
लगायतका धेरै योजनाहरुलाई अघि बढाएको, कतिपयको सम्भाव्य अध्ययन गरेर योजना निर्माणको प्रक्रियामा रहेको र कतिपय छलफलको प्रक्रियामा रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार