बाल क्लवको सक्रियतामा बालविवाह रोकियो

तराई टप संवाददाता
सर्लाही, १३ कार्तिक । राज्यले तोकेको उमेर भन्दा कम उमेरको केटाकेटी विवाह गर्न लागिएको खवर पाएर स्थानीय एक गैर सरकारी संस्थाको सक्रियतामा बाल विवाह हुनबाट रोकिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाको झन्झर टोलमा हुन लागेको बालविवाहलाई सूर्य बाल क्लवको सक्रियतामा उक्त बालविवाहलाई रोकिएको हो । ईश्वरपुर नगरपालिकाको झन्झर टोलमा बाल विवाहलाई रोक्नका निमित्त ग्रामिण नारी उत्थान संघद्धारा समुन्नती परियोजना अन्तर्गत गठन भएको सूर्य बाल क्लबको सक्रियतामा हुन गईरहेको बाल विवाह रोकिएको छ ।
सोही गाउँको १९ बर्षीया किशोरी तथा सोही स्थानको १९ बर्षकै किशोर बिच विवाह भईरहेको जानकारी पाउना साथ क्लबले स्थानीय प्रहरी प्रशासनको सहयोगमा बाल विवाहलाई रोक्न सफल भएको बताइएको छ ।
प्रहरी प्रशासनलाई खवर गरेर सुर्य बाल क्लवको पदाधिकारीहरु विवाह रोक्न विहेवारीको तयारी भएको स्थानमा पुगेर अविलम्ब रोक्न दवाव दिएको अन्यथा कुनै पपिन वेला प्रहरी पुग्ने चेतावनी दिदा दुवै किशोर किशोरीलाई अभिभावहरुले भगाए ।
प्रहरी पुग्दा दुवै फरार भएको थाहा पाउदा परिवारका सदस्यलाई नियन्त्रणमा लिई विवाह बदर गर्नु पर्ने र उमेर नपुगी विवाह गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भनि कागज गराई छाडिएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ ।