रौतहट, ११ असोज । राजदेवी नगरपालिकाको सहकार्यमा शुक्रवार आँखा सम्बन्धी निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा तथा राजदेवी नगरपालिकाको स्थानीय आयोजनामा आज एक दिने आँखा सम्बन्धी निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
प्रतिकुल मौसमका बावजुद पनि राजदेवी नगरपालिकामा संचालन भएको एक दिने निः शुल्क स्वास्थ्य शिविरमा २२७ जनाले आँखाको परिक्षण गराए । जसमध्ये ५४ जनालाई चश्मा, ४८ जनाको आँखामा मोती विन्दु भएकोमा शैल्यत्रिलया गरिने र ८७ जनालाई औषधी वितरण गरिएको नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्तपालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
कार्यक्रम संयोजक पाण्डे भन्छन्ः प्रतिकुल मौसममा पनि २२७ जनाले आँखाको परिक्षण गराएकोमा उनीहरुलाई धन्यवाद दिए । ४८ जना महिला पुरुषको मोती बिन्दु भएका विरामीको आईतवार विहानै देखि निः शुल्क रुपमा शैल्यक्रिया गरिने स्पष्ट पारे ।
शिविरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाका नेत्र विशेषज्ञ, आँखा चिकित्सकहरुद्धारा परिक्षण गरिएको समेत कार्यक्रम संयोजक पाण्डेल भने ।
शुक्रवार राजदेवी नगरपालिकामा एक दिने आँखा सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा आँखाको परिक्षण गराउदै केही तस्वीरहरु