अविरल बर्षा संगै डरलाग्दो बाढिको त्रास झेल्दै रौतहट र सलाहीको नागरिकहरु

0 Shares
प्रभातकुमार झा
निरन्तर रुपमा भएको अविरल बर्षा संगै आएको बाढीको कारण रौतहट र सर्लाही जिल्लाका तटिय क्षेत्रका पालिकाहरु प्रभावित भएको छ भने कयौं स्थानमा बाँध भत्किएर बाढि बस्तीमा पस्ने क्रममा रहेका छन् ।
रौतहटमा वागमती र लाल बकैया ठूला नदीको साथै चाँदी, तरहरी, झाँझ, लमहा, अरुवा, भकुवा, डोरी लगायतका स साना नदीहरुको पानी बाहिर आएर बस्तीमा प्रवेश गरिरहदा कतिपय घरमा बाढी पसिसकेका हुन् ।
यस्तै वागमती नदिको पूर्वी तटिय सर्लाही जिल्लाको पालिकाहरु बलरा नगरपालिका, रामनगर, धन्कौल, बरहथवा नगरपालिका बस्तीमा बाढि पसिसकेको तथा पस्ने क्रममा रहेको हुँदा सुरक्षा निकायहरु चनाखो भएर स्थितिलाई नियाली रहेको छ ।
वागमती नदीले रौतहट गढिमाईको लक्ष्मिपुर र माधव नारायणको पिपरा रजवाडा नजिक बाँध भत्किाएर पश्चिम तर्फ पानी आउने क्रममा रहेको छ । उक्त बाढिको पानी दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर २ र १ बढि प्रभावित हुने देखिन्छ भने झाँझ खोलाको बाढि दुर्गा भगवती गापा वडा नम्वर ५, ४ र ३ मा पसेका छन् ।
वडा नम्वर ५ बडहर्वामा करिव दुई दर्जन घरमा पानी पसेपछि सेफ हाउसमा बसेको छ भने केही संख्यामा बाँधमै टेन्ट लगाएर रात काट्ने अवस्थामा रहेका हुन् । यसैगरी वडा नम्वर ४ पचरुखी छतौनाको कतिपय घरमा पानी प्रवेश गर्दा उनीहरु सरसामानलाई अग्लो स्थानमा राखेर जोगाउने प्रयासमा जुटेका छन् ।
वडा नम्वर ३ मत्सरीको दक्षिण भेगको बस्तीको घरमा पानी प्रवेश गरिसकेको बताइएको छ । गौर गंगापिपरा सडक खण्ड शनिवार दिउसो देखि पूर्ण रुपमा बन्द भएको छ । उक्त बाटो माथिबाट तिन देखि चार फिट बाढी बगिरहेको हुँदा सडक पनि नदीको आकारमा परिवर्तन भएका छन् । दुर्गा भगवती वडा नम्वर १ स्थित महादेव स्थान बाँध माथिबाट बाढिको पानी बग्न थालेपछि गाउँपालिका अध्यक्ष शम्भु सिंह आफै उपस्थित भई ग्राभेल माटो हालेर बाँधको मर्मत गरे बस्तीमा बाढि पस्नबाट जोगाए ।
यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहितको सुरक्षा निकायको टोलीले मोनेटरिंग गर्दै रौतहटको ६ वटा पालिकालाई रेड जोन घोषित गरेका छन् । वागमती नदिको पश्चिमी तटिय क्षेत्रमा रहेका राजदेवि नगरपालिका, दुर्गाभगवति गाउपालिका पश्चिमी भेगमा अवस्थित लालबकैया नदीको दुई तर्फी तटिय क्षेत्र बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिए । राजपुर नगरपालिकामा पर्ने हुलाकी सडकको लचकामा बकैया नदीको बाढि बगिरहदा सदरमुकाम संग सम्पर्क विच्छेद भएका छन् । कटहरिया नगरपालिकाको अधिकाँश क्षेत्र डुबानमा परेको छन् ।
यसैगरी बागमती नदीको पुर्वी तटिय क्षेत्रमा रहेको सर्लाही जिल्लाको वसवरियाको वडा नम्वर १ र २ का बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य गरिएको, बलरा नगरपालिकाको छनकी र हथियौल गाउँको ५० वटा भन्दा बढि घरमा बाढिको पसेर डुबानमा परहेको बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले जानकारी दिए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढी पसेको स्थान तथा पस्न सक्ने सम्भावित स्थानमा राति पुनः समस्या नहोस भनी स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
सुरक्षाकर्मीहरुको सराहनीय कार्य
सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्वर २ स्थित एकादशी खोलाको भंगालोमा फसेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी बाल नेपाल नम्वर १० गणबाट सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवको कमाण्डमा खटिएका टोलीले १० जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको एसपी विनोदराज खनालले जानकारी दिए ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण बाट र मातहत रहेका विभिन्न बेस क्याम्पबाट अधिकृत सहितको टोली परिचालन गरेर उद्धार, मर्मत कार्यमा संलग्न रहेर मा
नविय कार्यमा समर्पित रहेका छन् । रातिको समयमा सकभर जाग्रम गरेर रात विताउन सर्वसाधारण संग आग्रह गरिएको छ ।
बाढिबाट प्रभावित बस्तीको प्राप्त भएको तस्वीर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।