0
Shares
बलरा (सर्लाही), १३ असोज । सर्लाहीको बलरा नगरपालिकाको लक्ष्मिपुरबाट एक दम्पतीलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।
सशस्त्र प्रहरी बल नम्वर १० गण सर्लाहीले दिएको सूचना अनुसार बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मीपुरका ५५ बर्षिय अर्जुन माझी र निजको ४० बर्षिया श्रीमती जानसी देवी माझी अबिरल बर्षा पछि बागमती नदीको पानीको बहावमा परेर टिनको छाना भएको घरमा खशी बाख्रा सहित फसेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको जनाइउका हुन् ।
सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीषक टेकबहादुर कटुवालको कमाण्डमा खटिएका प्रहरी टोलीले माझी दम्पतीलाई एक बाख्रो, दुई पाठो सहित सकुशल उद्धार गरी सुरक्षा स्थलमा ल्याइएको सशस्त्र प्रहरीका एसपी विनोदराज खनालले जानकारी दिए ।