रौतहट, १३ असोज । अविरल बर्षा पश्चात रौतहटको प्रमुख नदि बागमती र लाल बकैया सहितका नदिहरुमा आएको बाढिमा परेर १८०५ घर धुरी प्रभावित भए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आईतवार अबेर साँझ उपलब्ध गराएको तथ्याँक अनुसार बाढिबाट १८०५ घरधुरी प्रभावित भएको छ भने १२४५ घर पूर्ण रुपमा डुवानमा परे ।
सुरक्षाकर्मीहरुले बाढिको जोखिममा परेर फसेका करिव १२३ जनालाई सुरक्षित रुपमा उद्धार गर्न सफल भएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दिलिप घिमिरेले बाढिबाट ५५९५ मानिसहरु पूर्ण रुपमा प्रभावित भएको बताए ।
बाढिबाट वृन्दावन, गढिमाई, माधवनारायण, दुर्गा भगवती, राजदेवी, गौर, इशनाथ, राजपुर, परोहा, बौधीमाई, मौलापुर, कटहरिया, देवाही गोनाही र यमुनामाई सहितका स्थानीय तह बाढीबाट प्रभावित भएको रौतहट प्रहरीका एसपी घिमिरेले बताए ।
यसैक्रममा तीन जनाको मृत्यु भएको छ । ४ वटा घर भत्किएको छ । केही पशु चौपायालाई उद्धार गरिएको छ । ७ स्थानीय मध्ये अझै पाँच स्थानीय तह संगको सडक सम्पर्क बन्द रहेको छ भने दुई वटाको सुचारु भएको उलने भने ।
यसैगरी प्रहरी चौंकी बेलविछवा, बसतपुर, बडहर्वा, भन्सार सुरक्षा, कारागार सुरक्षा, अस्थायी ट्राफिक पोष्ट गौर, इप्रका बन्जरहा र सशस्त्र प्रहरीको प्रस्तावित गुल्म गौरलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।