वरियारपुर (बारा), १४ असोज । हरेक पाँच बर्षमा लाग्ने गढिमाईको पञ्चबर्षिय मेला तथा मुल व्यवस्थापन समितिको अध्यक्षमा महागढिमाई नगरप्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा १११ समिति सार्वजनिक गरिएका छन् ।
महागढिमाई नगरपालिकाको वरियारपुर स्थित गढिमाई मन्दीर परिसरमा सोमवार आयोजित एक कार्यक्रमका बीच पञ्चबर्षिय मेला तथा मुल व्यवस्थापन समितिका पदाधिकारीहरुको नाम सार्वजनिकिकरण गरिएका हुन् ।
सार्वजनिक भएका मेला तथा मुल व्यवस्थापन समितिको काम गढिमाई मेलाको व्यवस्थापन, संचालन, र समन्वयका लागि जिम्मेवार हुने छ ।
मूल व्यवस्थापन समितिका अध्यक्षमा नगरप्रमुख उपेन्द्र प्रसाद यादव, उपाध्यक्षमा मनोजकुमार गुप्ता, उपाध्यक्ष रामचन्द्रप्रसाद साह, उपाध्यक्ष रामबाबु प्रसाद यादव, उपाध्यक्ष कलैश महतो, महासचिवमा विरेन्द्रप्रसाद यादव, महासचिव नरेशप्रसाद जयसवाल, महासचिव उपेन्द्रप्रसाद गुप्ता, सचिव उमरावती देवी लहेरीन, सचिव नितु कुमारी गुप्ता, कोषाध्यक्षमा विरेन्द्र प्रसाद चौरसिया र सदस्यहरुमा नेपाली काँग्रेसबाट १ जना प्रतिनिधि, नेपाएमाले बाट १ जना प्रतिनिधि नेकपा माओबादीबाट १ जना प्रतिनिधि रास्वपाका प्रमुख वा प्रतिनिधि नेकपा एकिकृत समाजबादी बाट १ जना प्रतिनिधि, जनता समाजबादी नेपाल बाट १ जना प्रतिनिधि जनमत पार्टिबाट १ प्रतिनिधि, नागरिक उनमुक्तिबाट १ प्रतिनिधि नेपाल जनता दलबाट १ जना प्रतिनिधि सदस्यमा रहने छन् ।
यसैगरी राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि र एक–एक जना सदस्य रहने छन् । समितिको विविध संरचना गठन गरेर विश्वव्यापी रूपमा प्रख्यात गढीमाई मेलाको सफल आयोजना सुनिश्चित गर्नको लागि सहयोगी प्रयासमा नगर प्रमुख यादवको भुमिकाको जति सराहना गरे कमै हुने बताइएको छ । यी व्यक्तिहरूको आ–आफ्नो भूमिकाप्रतिको प्रतिबद्धताबाट मेलालाई सभ्य एवं भव्य सँग सम्बन्धित परम्परा र मूल्यहरूलाई कायम राख्ने समर्पणलाई देखाउछ । तिनीहरूको संयुक्त विशेषज्ञता र नेतृत्वले कार्यक्रमको सुचारु योजना र कार्यान्वयनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।