बाढीमा परेर सर्लाहीमा वेपत्ता भएका दुई किशोरको शव फेला

0 Shares
एके सिंह
सर्लाही, १४ असोज । अविरल बर्षा संगै आएको बाढिमा परेर सर्लाही जिल्लाको छुटाछुटै स्थानमा मृत्यु भएका दुई किशोरको शव सोमवार फेला परेका छन् ।
बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मिपुरका महाविर ठाकुरका १२ बर्षिय छोरा अंकत ठाकुर शनिवार वेलुका सीमापारी बसबिट्टा बजार तर्फ जाने क्रममा डुबेर बेपत्ता भएका थिए ।
हिजो देखि खोजी कार्य गरिरहदा आज विहान नेपाल भारत सीमाको धुनिया टोल स्थित पिलर नम्वर १२ नजिक किशोर ठाकुरको शव फेला पार्न सफल भएको ंजिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरामद शवको प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरेर परिवारजनलाई शव जिम्मा लगाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यसैगरी गत शनिवार देखि वेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका वडा नम्वर ९ निवासी १५ बर्षिय किशोर मुकेश महतोको शव आज साँझ फेला परेको छ ।
आज साँझ साँढे ५ बजेको समयमा सोतिखोलामै किशोर महतोको शव फेला परेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए । मानसिक सन्तुलन ठीक नरहेका किशोर महतो बाढी आइरहेका बेला यताउता हिडडुल गरिरहदा गत शनिबार सोतिखोलामा खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार