तराई टप संवाददाता
चन्द्रपुर रौतहट, १३ कार्तिक । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको नव गठित नगर समितिको शनिबार बसेको बैठकले निर्णयहरु गरेको छ ।
नव गठित नगर कमिटि बैठकबाट कार्य विभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरिएको हो । आज चन्द्रपुरमा सम्पन्न भएको पहिलो बैठकबाट बिभिन्न बिभाग तथा चन्द्रपुर नगरपालिकाको १० वटै वाडको इन्चार्ज र सह इन्चार्ज तोकिए ।
नगर अध्यक्ष शिब अचार्यको अध्यक्षतामा भएको बैठकमा स्थानिय तह÷प्रशासन तथा जनसरोकार बिभागको प्रमुखमा अध्यक्ष शिब आचार्य रहने, संगठन बिभागको प्रमुखमा नगर कमिटि उपाध्यक्ष राजु तिवारीलाई जिम्मेवारी दिएको छ । त्यसैगरी कार्यालय ब्यबस्थापन बिभागमा सचिब बिनोद चौधरी तथा प्रचार बिभागको प्रमुखमा नगर कमिटि सदस्य तथा पत्रकार रमेश तिमलसिनालाई जिम्मेबारी दिइएको छ । त्यस्तै खेलकुद बिभागको प्रमुखमा पत्रकार एवं सितोरियो कराँटे प्रशिक्षक अशोक पहाडीलाई तोकिएको छ ।
यसैगरी अर्थिक बिभाग प्रमुखमा सुनिल तिमलसिना, युवा बिभाग संयोजकमा कमल प्रसाद न्यौपान र सह संयोेजकमा रोशन श्रेष्ठ, महिला बिभाग संयोजकमा प्रभा श्रेष्ठ र उप संयोजकमा सपना धमाल, बिद्यार्थी बिभाग प्रमुखमा प्रनिश राई, उद्योग बाणिज्य फाटको संयोजकमा दिवाकर सापकोटा र सह संयोजकमा सोम चिमोरिया, किसान फाटको संयोजकमा लाल बहादुर दोङ र सह संयोजकमा नबराज देबकोटालाइ तोकिएको छ ।
यस्तै मजदुर फाटको संयोजकमा भरत राई र सह संयोजकमा मान बहादुर घलानलाइ तोकिएको छ । यसैगरी सोही बैठकले चन्द्रपुर नगरपालिकाको १० वटै वाडमा इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ । वाड न १ को इन्र्चाजमा कृष्ण बहादुर थापा सह इन्चार्जमा सुर्य बहादुर वाइवा, वाड नं. २ को इन्चार्जमा क्षेत्र बहादुर भोलन, वाड नं. ३ को इन्चार्जमा दिपक गौतम सह इन्चार्जमा प्रेमराज चौहान, वाड नं. ४ को इन्चार्जमा देब बहादुर सापकोटा रहनुभएको छ भने सह इन्चार्जमा यादब क्षेत्री रहनुभएको छ । यसैगरी वाड नं. ५ को इन्चार्जमा माधब प्रसाद कुइकेल सह इन्चार्जमा ऋषि पौडेल, वाड नं. ६ को इन्चार्जमा बलिराम चौधरी सह इन्जार्चमा कृष्ण प्रसाद पराजुली, वाड नं. ७ को इन्जार्जमा प्रदिप शिवाकोटी सह इन्चार्जमा मदन पंडित रहनु भएको छ ।
यस्तै वाड नं. ८ को इन्चार्जमा कृष्ण प्रसाद सापकोटा सह इन्चार्जमा दिप नारायण चौधरी, वाड नं. ९ को इन्चार्जमा उषा दाहाल सह इन्चार्जमा राजेन्द्र चौधरी र वाड नं. १० को इन्चार्जमा राम सिंहासन यादब र सह इन्चार्जमा गंगा साहलाइ चयन गर्ने निर्णय भएको नगर सदस्य तथा प्रचार विभाग प्रमुख रमेश तिमलसिनाले जानकारी दिए । बैठकमा प्रथम नगर अधिबेशनमा भएका खर्चको बिबरण पनि प्रस्तुत गरियो ।