राधेश्याम कुशवाहा
सर्लाही, १५ असोज । घनघोर बर्षा पछि बागमती नदीमा आएको बाढीमा परेर वेपत्ता भएका बालकको शव तिन दिन पछि फेला परेका मृतक परिवारलाई बलरा नगरपालिकाको नगरप्रमुखले क्रिया खर्च उपलब्ध गराएका छन् ।
बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मिपुर निवासी महाविर ठाकुरको १४ल बर्षिय छोरा अंकितकुमार ठाकुर बजार जाने क्रममा बाढी परेर वेपत्ता हुँदा हिजो सोमवार विहान निजको शव फेला परेका थिए ।
आज मंगलवार बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले मृतक बालकको घरमै पुगेर उनका अभिभावकलाई क्रिया खर्च वापत २५ हजार नगद हस्तान्तरण गरे ।
मृतक बालकको परिवारलाई धर्य धारण गरेर संयमतापूर्वक काम गर्न सान्त्वना दिदै नगरप्रमुख कुशवाहाले आफनो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरे । अगामी दिनहरूमा पनि विभिन्न दातृ निकाय एवं संघसंस्थाहरुसंग सहकार्य गरेर सहयोग गराउने प्रतिबद्धता दोहोर्याए ।
आफन्त, सुरक्षाकर्मी तथा स्थानीयको ठुलो प्रयासको वावजुद पनि बालकलाई जिवितै उद्वार गर्न नसकेकोमा दुखेको पोखे । मृतकका बुबा महावीर ठाकुरका अनुसार छोरा गएको शनिबार अविरल बर्षाले आएको बाढी हेर्न नजिकै रहेको सिमावर्ती क्षेत्रमा गएका थिए । तर सांझ सम्म घर नफर्किदा खोजी कार्य सुरु गरिएको थियो ।
केही स्थानीयले छोरालाई मृतक अवस्थामा देखेर चिनेपछि तपाईंकै छोरा जस्तो छ भन्ने खबर गरेपछि छोरा डुबेर मृत्युु भएको थाहा पाउने बित्तिकै परिवारमा बज्रपात खसेको मृतक बालकको बुबा ठाकुरको दुःखको कुै सिमा नै नरहेको उनले भने ।