गोठमा वडा कार्यालय संचालन गर्ने वडाध्यक्ष चेतन विरुद्ध खनिए स्थानीय, भोली गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने आन्दोलनकारीको चेतावनी

0 Shares

रौतहट, १९ असोज । सार्वजनिक स्थानमा भई आफनै गोठमा वडा कार्यालय संचालन गर्दा स्थानीय बासिन्दाहरु सास्ती खेप्दै आएपछि नेपाली काँग्रेसको अगुवाई वडा कार्यालय सार्ने विषयलाई लिएर विगत १० दिन देखि २४ घंटे रिले अनसन जारी रहेका छन् ।

यमुनामाई गाउपालिका वडा नम्वर ४ नेपाल काँग्रेस वडा समितिको निर्णय अनुसार जनताको काम सहज एवं सहज तवरबाट गराउन तथा जनता माथि कसैको दवाव प्रभाव कायम हुन नदिन स्वतन्त्र एवं निष्पक्ष रुपमा काम हुनुपर्ने जिकिर गर्दै २४ घंटे रिले अनसन सुरु गरिएका हुन् ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष अश्वनी कुमार यादव (चेतन यादव) ले निर्वाचित भएकै समय देखि आफनै घर अगाडीको गोठमा वडा कार्यालय संचालन गर्दै आएर सेवाग्राहीहरु संग अभद्र व्यवहार गर्नुका साथै धाक धम्की दिने गरेको हुँदा हामी लगायतका मानिसहरु पटक पटक गाउँपालिका अध्यक्ष सहित स्थानीय प्रशासनलाई जानकारी गराउदा समेत समस्या समाधान तर्फ पहल नहुँदा बाध्य भई असोज १० गते देखि २४ घंटे रिले अनसुनमा बसेको आन्दोलन समितिका संयोजक श्रीराम राय यादवले बताए ।
सेवाग्राहीहरु विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको अशिष्ट व्यवहारबाट आजिज भई वडा कार्यालय साविकको स्थानमा सार्नुपर्ने अडान लिएर २४ घंटे रिले अनसन सुरु गरेको उनले भने । आज रिले अनसनको दशौं दिन हो, हामी बाढीको समेत पर्वाह नगरी यही बसिरहे तर सम्बध पक्ष कानमा तेल हालेर सुतेको गम्भीर आरोप लगाउदै आन्दोलन समितिका संयोजक एवं नेपाली काँग्रेसका वडाध्यक्ष प्रत्यासी यादवले भोली आईतवार १० बजे गाउँपालिकाको कार्यालयमा ताला लगाउने र त्यस क्रममा हुने घटनाको जिम्मेवार गाउँपालिका, वडाध्यक्ष र स्थानीय प्रशासन हुने समेत उनले चेतावनी दिए ।
गाउँपालिका अध्यक्ष महम्मद साउद र वडाध्यक्ष चेतन भन्ने अश्वनीकुमार यादवको कार्यशैलीलाई लिएर जिल्ला प्रशासन कार्यालय रौतहटमा गई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई गुहार्दा यसमा हामी के गर्न सक्दैनौं तपाईहरु जिल्ला समन्वय समितिलाई भन्नुस भनेर झारो टारेको आक्रोश पोख्दै यादवले सिडिओको भुमिका माथि प्रश्न चिन्ह् खडा गरे ।
कहि कतै सिप नलागेपछि हामी बाध्य भएर २४ घण्टे रिले अनसनमा बसेका छौं भोली विहान १० बजे हामी गाउँपालिकामा तालाबन्दी गरी जसरी भएपनि वडा कार्यालय नसारिए सम्म जस्तो सुकै आफूहरु मूल्य चुकाउन तयार रहेको उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।