नेपाली काँग्रेसले यमुनामाई गाउँपालिकाको कार्यालयमा लगाए अनिश्चितकालिन ताला

0 Shares
रौतहट, २० असोज । कुपायक स्थानबाट सबैको हितमा हुने स्थानमा वडा कार्यालय राख्नुपर्ने भएपनि विगत ७ बर्ष देखि आफनै घरमा वडा कार्यालय संचालन गर्दै आएका विरुद्ध नेपाली काँग्रेस यमुनामाई गाउँ कार्य समिति आन्दोलिन बन्दै आज देखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
निरन्तर रुपमा दोश्रो कार्यकालको लागि निर्वाचित भएका यमुनामाई गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले पायक पर्ने स्थानमा वडा कार्यालय राख्नुको साटो आफनै घरगोठबाट वडा कार्यालय संचालन गरिरहदा सेवाग्राही जनताहरु भोग्दै आएको समस्यालाई लिएर नेपाली काँग्रेस गाउँ कमिटि र वडा कमिटीले पटक पटक वडाध्यक्ष, पालिका अध्यक्षलाई भन्दा कुनै वास्ता गरेन । तत्पश्चात प्रमुख जिल्ला अधिकारीलाई गुहारे तैपनि न्याय पाइएनन् बाध्य भएर २४ घण्टे रिले अनसन गरेको ११ औं दिनमा आज आईतवार गाउँपालिकाको कार्यालयमा ताला लगाउनु परेको गाउँपालिका कमिटी अध्यक्ष सिताराम यादवले गुनासो गरेका हुन् ।
सेवाग्राहीहरु विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको धाकधम्की र राम्रो व्यवहार नगर्दा साविक गाविसको कार्यालयमा वडा कार्यालय सार्नुपर्ने अडान लिएर २४ घण्टे रिले अनसन  कुनै सुनवाई नगर्दा आज देखि बाध्यात्मक रुपमा गाउँपालिकाको मुख्य गेटमै ताला लगाएर कामकाज अवरुद्ध बनाइएको नेकाको टिकटबाट वडा नम्वर ४ का प्रत्यासी बनेका श्रीराम राय यादवले बताए ।
आज देखि तालबन्दी हुन्छ भने थाहा हुँदा हुँदै पनि गाउँपालिका अध्यक्ष अलिकति पनि जिम्मेवार नदेखिएको बताउदै जब सम्म वडा कार्यालय सारिदैनन तव सम्म ताला नखोलिन अडान उनले लिए ।
यस्तै नेपाली काँग्रेसका नेता हृदयनारायण यादवले यहाँको जनताको पक्षमा आवाज उठाएको र वडा कार्यालय कसैको व्यक्तिगत सम्पत्ती नभएको हुँदा सबैको पायक पर्ने स्थानबाट कार्यालय संचालन गर्नुपर्ने तर यहाँ त्यसको विपरित कार्य भएको हुँदा अविलम्ब भएका गल्तिहरु सच्याई कामकाजलाई सुचारु बनाउन सम्बध सबै निकायलाई सुझाव दिए ।
यस विषयमा यमुनामाई गाउँपालिका अध्यक्ष महम्मद साउदलाई सम्पर्क गर्दा उनको मोवाइलको स्वीच अफ रहेपछि प्रमुख प्रशासकीय अधिकृत रहेका रामश्रेष्ठ यादवले वडा कार्यालयको विषयलाई लिएर रिले अनसन भईरहेपनि ताला नलगाउन आग्रह गरिदा पनि उहाँहरु ताला लगाउनु भयो । अहिले विपदको कामहरु गर्नुपर्ने ताला लगाइदा कार्यालयको कामकाज प्रभावित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।