zoom opener download zoom download for laptop uk zoom app update windows download zoom para pc zoom meeting app news zoom us client for meeting download download zoom for pc

मानव सेवा केन्द्र गौरद्धारा शुभकामना आदानप्रदान कार्यक्रम

   २९ आश्विन २०७७, बिहीबार १७:११  

रौतहट, २९ असोज । मानव सेवा केन्द्र गौरद्धारा बडा दशै, दिपावली र छठ पर्वको पुनित अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
मानव सेवा केन्द्रको गौर नपा २ महादेवपर्टी स्थित कार्यालयमा आयोजित उक्त शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल राय यादवले मानव कल्याण हेतु स्थापना गरिएको यस मानव सेवा केन्द्रद्धारा यहाँका असहाय वृद्धवृद्धाको साथै बालबालिकाहरुलाई उक्त केन्द्रमा राखेर मानविय कार्यमा अघि बढ्ने अभिप्रायका साथ लागेका सम्पूर्ण सदस्यहरु प्रति आभार प्रकट गरे ।
मनुष्य जोनीमा जन्म लिने वित्तिकै बाल्यकाल अवस्था पार गर्दै अन्तमा शरिर पनि थकित बन्दै जाँदा छोराछोरीको माया प्रेममा बाच्नुपर्ने अवस्थामा उनीहरुले आ आफना आमाबुवा प्रति दिनुपर्ने माया नदिई आफैमा सिमित हुँदा असहाय भएका आमाबुवालाई यस मानव सेवा केन्द्रमा पूर्ण पारिवारिक वातावरणमा आश्रय दिइने समेत स्पष्ट पार्दै बडा दशै, दिपावली, छठ पर्वको शुभकामना दिए ।


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विशुद्ध परोपकारी ढंगबाट वृद्धवृद्धाहरुलाई जिवनको अन्तिम चरणमा सेवा गरेर मानविय धर्म कमाउने उद्देश्यबाट संचालित मानव सेवा केन्द्र गौरका अध्यक्षलाई धन्यवाद दिदै आउदो समयमा कोहीपनि वृद्धवृद्धाहरु घर बाहिर जान नपरुन यदी जानुपर्ने बाध्यात्मक अवस्था आयो भने यस मानव सेवा केन्द्रमा राखेर जिवनको उत्तराद्धमा सेवा सत्कार दिई उहाँहरुको मनोवललाई उच्च बनाउनुपर्नेमा जोड दिए ।
कोभिडको विचमा आउन लागेको चाँडपर्व अलि पृथक होला तर हरेक नागरिकले आ आफना आमावुवा संगै बसेर पर्व मनाउन आग्रह गर्दै उनले कुनैपनि आमा बुवालाई असहाय महसुस नहुन भने दशै, दिपावली र छठ पर्वको शुभकामना दिए ।


गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले मानव सेवा केन्द्र बनाउनका निमित्त आफूले पटक पटक व्यक्तिगत रुपमा सहयोग गरेको र भविष्यमा पनि सहयोग गर्ने आश्वासन दिए । विकास निर्माणको क्रममा धेरै व्यस्ता भएपनि मानव कल्याणमा समयको साथ नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।


मानव सेवा केन्द्रका सल्हाकार श्रीभगवान ठाकुरले विभिन्न चरणमा एवं विभिन्न दाताहरुको सहयोगमा यस केन्द्रलाई यहाँ सम्म ल्याइएको चर्चा गर्दै स्थानीय तहका सरकारहरुको सहयोग यथावतै भएमा बृद्धवृद्धाहरुलाई यहाँ राखेर उहाँहरुको कष्टमय जिवनलाई सुखमय बनाउने बताए । गौरमा चिल्ड्रेन पार्क, युवाहरुको लागि व्यायमशाला लगायतका विभिन्न कार्यक्रमहरु ल्याउनमा सवैको सहयोग एवं सहकार्यको आवश्यक्ता रहेको महसुस गरे ।
मानवसेवा केन्द्रका अध्यक्ष तथा गौर नपाको उपमेयर श्रीमती किरण ठाकुरको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा गढीमाई नपाको मेयर श्यामप्रसाद यादव, उपमेयर शुभद्रा गुप्ता, फतुवा विजयपुर नपाको उपमेयर कान्ति देवी महतो, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओली, गौर नपा २ का वडाध्यक्ष राकेश झा, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, नागरिक समाजका अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै