तथ्यमा आधारित भएर विवरण संकलन गर्न गणकहरुलाई प्रजिअ शाहीको निर्देशन

769 Shares

तराई टप संवाददाता
रौतहट, १४ कार्तिक । राष्ट्रिय जनगणना अभियान २०७८ अभियानलमा सचेत एवं सजग भएर कोही नछुटुन र कोही न दोहोरिउन भन्दै खटिने गणकहरुलाई प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको छ ।
राष्ट्रिय जनगणना अभियान २०७८ लाई सफल पार्न छनौट भएका गणकहरुलाई प्राविधिक जानकारी दिने उद्देश्यबाट सुरु भएको ४ दिवसीय गणकहरुको तालिमकको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले तथ्यमा आधारित भएर कोही नछुटुन र कोही नदोहोरिउन भने निर्देशन दिएको हो ।
राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक विकासको मेरुदण्डको रुपमा रहेको दस्ताबेज जनगणना भएको ले धार्मिक, सांसकृतिक, भेष भुषभाषाको राम्ररी ध्यान दिनु पर्ने आवश्यक रहेको बताए । नेपालमा बसोबास गर्ने सबै वर्ग, समुदाय, धर्म, जातजाति, लिङ्ग, भाषाभाषीको गणना गर्नुपर्ने बताउदै प्रजिअ शाहीले गणना गर्न जाँदा मातृभाषाको प्रयोग गरेर पूर्ण विवरण संकलन गर्न समेत सुझाव दिए ।
विवरण संकलन गर्न जाने गणकहरुलाई यथार्थ विवरण उपलव्ध गराएर नेपाल सरकारको राष्ट्रिय जनगणना अभियान सफल बनाइ दिन जिल्लाबासीहरु संग प्रजिअ शाहीले अनुरोध गरे । दश बर्षमा एक पटक हुने जनगणनामा गलत तथ्याँक दिदा दश बर्ष सम्म त्यसैलाई आधार मानेर अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था रहने गरेको हुँदा बास्तविक जानकारी दिई गणकहरुलाई तथ्यगत लेखाउनमा सहयोग पुर्याउन असल नागरिकको कर्तव्य रहेको स्पष्ट पारे ।
रौतहट जिल्लाको १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहहरुबाट ६३७ जना गणकलाई छनौट गरेर तालिममा सहभागी गराइएको जिल्ला जनगणना कार्यालय रौतहटका जनगणना अधिकारी देवनाथ यादवले बताए ।
नयाँ ढंग र नयाँ सोचको आधारमा भईरहेको जनगणनामा प्रति परिवारको सम्पति, कृषि, पशुपन्छी, भाषा, धर्म, जातजाती, लिङ्गको पहिचान खुल्ने गरी प्रश्नावली तयार गरिएको जनगणना अधिकारी यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार