बेइजिंग, एजेन्सी । विगत धेरै समयअवधी देखि चीन आर्थिक मन्दीबाट जुधिरहेको छ, सुधारको लागि चिनियाँ सरकारद्धारा विभिन्न उपायहरु अपनाएपनि आर्थिक मन्दीमा सुधार भएनन् ।
चीनको अर्थतन्त्र मन्दीको लामो अवधि पार गर्न विभिन्न उपायहरू अपनाउँदा पनि सुधार भएनन् । ब्याजदर कटौती, सरकारी खर्च वृद्धि, र पुराना सवारी साधनहरू प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनहरूका लागि अनुदान जस्ता उपायहरू लागु गरिए तर अपेक्षितकृत प्रभाव देखिएन् ।
सन् २०२४ को दोस्रो त्रैमासिकमा वृद्धि दर ४.७ प्रतिशतमा सिमित भएको छ, जुन अघिल्लो चौमासिकको तुल्नामा ५.३ प्रतिशत भन्दा ओरालो लागेको छ । कारखाना उत्पादन, खुद्रा बिक्री, र लगानीको वृद्धि दर पनि निराशाजनक देखिए । बेरोजगारी दर ६ महिनाको उच्च स्तरमा पुगेर अगस्टमा ५.३ प्रतिशत पुगेका छन् ।
चीनको ७५ औं राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति सी जिनपिङले आगामी दिनहरू अझै चुनौतीपूर्ण हुने चेतावनी दिएख। चीनको आन्तरिक समस्याहरू सँगै, संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च करहरु लगाउँदै सस्तो सामानको डम्पिङलाई रोक्न प्रयास गरिरहेका छन्, जसले चीनको आर्थिक मन्दीलाई थप जटिल बनाएका छन् ।
चीनको अचल सम्पत्ति क्षेत्र पनि संकटग्रस्त छ, जहाँ एभरग्रान्ड र कन्ट्री गार्डेन जस्ता ठूला विकासकर्ता दिवालिया हुने वा परिसमापन प्रक्रियामा रहेका छन् । यस आवास बजारको संकटले निर्माण सामग्री, गृह सजावट, र घरेलु उपकरणहरू जस्ता सम्बन्धित उद्योगहरूमा गम्भीर प्रभाव पारेको छ ।
अन्तरराष्ट्रिय मुद्रा कोषले सन् २०२५ सम्ममा चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा खुम्चिने र २०२९ सम्ममा ३.३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । बढ्दै गएको जनसंख्या र उपभोक्ता विश्वासमा आएको गिरावटले गर्दा चीन थप आर्थिक मन्दीतर्फ धकेलिने जोखिममा छ । विभिन्न एजेन्सीहरुको सहयोगमा ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन