प्रतिकारात्मक तस्वीर
रौतहट, २३ असोज । रौतहट प्रहरीको दशैं, तिहार र छठ पर्वलाई लक्ष्ति गरेर संचालन गरिएका सुरक्षा योजना अभियान माथि सेन्ध लगाउदै रौतहटमा मंगलवार राति अपराधिक क्रियाकलापलाई अंजाम दिइएका छन् ।
जिल्लाको मध्यवर्ती क्षेत्र गरुडाबाट समनपुर तर्फ जाने क्रममा गरुडा नगरपालिका वडा नम्वर ९ नरकटियामा गएराति रुख ढालेर सडक अवरुद्ध पारी गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरका कनाई साहको ३५ बर्षिय छोरा चन्दन साह माथि अपराधिक समुहले धारिलो हतियार प्रहार गरेर लुटपाटको घटनालाई अंजाम दिएका हुन् ।
गएराति साढे ८ बजेको समयमा नरकटिया गाउँदेखि करिब १ किलोमिटर दक्षिण मूल सडकमा रुख ढालेर अपराधीहरुले यात्रीलाई लुटपाट गर्न खोजेको घटना घट्यो । लुटपाट गर्ने क्रममा यात्रुले प्रतिकार गर्दा अपराधीहरुले खुकुरी प्रहार समेत गरेर लुटपाट गरेको बताइएको छ ।
ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा चढी गरुडाबाट आफ्नो घर समनपुरतर्फ जाँदै गरेका साहलाई अज्ञात मानिसले घेरा हाली उनको टाउको, टाउको पछाडि र बायाँ हातमा खुकुरी प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साहलाई लुटपाट गर्न थालेपछि साहले प्रतिकार गर्न खोजे तर धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए । खुकुरी प्रहारपछि कराउदा कराउदै नजिकको गाउँबाट स्थानीयहरु होहल्ला गर्दै आउन थालेपछि साहकै मोटरसाइकल लिएर अपराधी भाग्न सफल भए ।
तर, केही पर गएपछि मोटरसाइकल ढलेपछि अपराधीले मोटरसाइकल छाडेर फरार भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ । साहलाई कसले खुकुरी प्रहार गरेको भन्ने खुली नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
स्मरणीय छ की, रौतहट प्रहरीले चाँडपर्व विशेष सुरक्षा योजना लागु त गरियो तर पनि अपराधिक गतिविधि घट्दा प्रहरीको सुरक्षा व्यवस्था माथि अपराधिहरुले सेन्ध लगाएपछि चिन्ता थपिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन