मत्सरी (रौतहट), २३ असोज । शक्तिपिठको रुपमा प्रख्यात रहेका दुर्गा मन्दिर मत्सरीबाट विल्व निमन्त्रणाको कार्य विधिवत रुपमा बुधवार सम्पन्न भएको छ ।
“हात्ती चैत, घोडा पिचइत, गगन्धुप उडइत” भन्नाले हात्ती, घाडा, सहित विभिन्न सवारी साधनमा मत्सरी दुर्गा भन्दीरबाट निष्किएको भगवतीको सवारी झण्डै २ किलोमिटर उत्तर भलोहियाको पवित्र भुमि स्थित बेलको रुखलाई विधिवत रुपमा पुजा अर्चना गरेर जोडा (टुइन्स) विल्वलाई पहेलो कपडाबाट मन्त्रोचारण गरेर बाधी निमन्त्रण गर्ने कार्य सम्पन्न भएको हो ।
दुर्गा पुजा अन्तर्गत भगवती कात्यायणीको पुजा संग उहाँको आँखाको पूर्ण आकारमा आउन भोली उक्त विल्व ल्याएर पुरा गरिने गरिन्छ । उक्त विल्व निमन्त्रणा कार्यक्रममा महिला, पुरुष, बालबालिकाहरु ठूलो संख्यामा उपस्थित भई माता जगदम्बा प्रति भक्तिभावमा लिन हुने गर्दछन् ।
आजको यस पर्वलाई भव्य एवं सभ्य बनाउन पुजा समितिले विभिन्न आकर्षणलाई पूर्ण रुपमा ख्याल गरेर हात्ति, घोडाको व्यवस्थापन गरे तर यसपाली हेलीकप्टरबाट पुष्प वृष्टिको कार्य भएन, किन भने हालै मुलुकमा बाढी र पहिरोबाट भएको अपूर्णीय क्षतिलाई दृष्टिगत गरेर लोककल्याण हेतु भगवतीलाई समर्पित हुन आग्रह गरियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन