रौतहट, २४ असोज । घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापित भएका ४८० बाढीपीडित परिवारलाई राजदेवी नगरपालिकाले राहत सामग्री उपलब्ध गराएका छन् ।
राजदेवी नगरपालिकामा हिजो गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी कास्की पोखराको सहयोगमा सुत्केरी महिला तथा बाढ़ी पीडि़त परिवारलाई राहत सामग्री वितरण गरिएका हुन् ।
राजदेवी नगरपालिका वड़ा नम्बर १, ३, ५ का सुत्केरी महिला तथा वड़ा नम्बर ६ र ९ का बाढ़ी पीडि़त परिवारलाई राहत वितरण गरिएको राजदेवी नगरपालिकाले जनाए । सुत्केरी तथा गर्भवती महिलाहरुलाई उलेन टोपी, उलेन सल, बेबी ब्लेंकेट आमाको लागि उलेन टोपी, घी आधा केजी, जवाइन २०० ग्राम, मेथी १०० ग्राम, खानेतेल १ लीटर, नुहाउने साबुन ३ पीस, लुगा धुनें साबुन ४ पीस गरी पैकिंग गरिएको सामग्री २३० जनालाइ वितरण गरिएको थियो ।
बाढ़ी पीडि़त परिवारलाई चामल २५ किलो, दाल ३ किलो, नून १ किलो, चीनी १ किलो, चिउरा २ किलो, स्वायबीन आधा किलो, चायपत्ती २०० ग्राम टूथपेस्ट, टूथब्रस, सेनेटरी पैड, पोलर बलैंकेट मेडियम १ पीस, डबल लेयर बलैंकेट १ पीस, त्रिपाल १ थान, प्लास्टिक मैट १ पीस सामान राखिएको पैकिंग २५० जना परिवारलाई वितरण गरिएको नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाई भएकाृ छ, किसानहरुको भएको क्षतिपूर्तिको उचित मुआब्जा दिने प्रतिबद्धता जनाए । बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीय संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने जानकारी दिए ।
राजदेवी नगरपालिकाको बाढ़ी पीडि़त परिवारलाई सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका तयार रहेकोले इच्छुक संघ सस्थालाई आवश्यक सहयोग गर्न आग्रह उनले गरे ।
नगरपालिकाले कृषि, भौतिक पूर्वाधार, माछा, तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाई तथा प्रभावित परिवार समक्ष राहत उपलब्ध गराउने प्रतिबद्धतालाई दोहर्याए ।
पीडि़तलाई हतास नहुन अनुरोध गर्दै नगरप्रमुख यादवले पीडि़तको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न असल छिमेकी नेपाललाइ अपील गरे । राहत वितरण कार्यक्रममा उपप्रमख राज कुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, समाजसेवी नबीन सिंह, पवन साह, लगायतको सहभागिता रहेको जनाइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन