अबैध गेम संचालन गरेर रकम कमाउने पाँच चिनियाँ नागरिक पक्राउ

0 Shares

संघिय राजधानी काठमाडौं चिनियाँ नागरिकहरुको अबैध कार्यको थलो बन्दै गएको छ । सोको उदाहरण स्वरुप “फिस सुट गेम” खेल्ने खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर प्रहरीले कारवाही चलाएका छन् ।
विदेशी नागरिकहरुको प्रमुख रोजाइमा रहेका ठमेलको रमझममा रकमको हारजित हुने गरी “फिस सुट गेम” खेलाउने कार्यक्रम संलग्न रहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका टोलीले पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरी कारवाही चलाएका हुन् ।
ठमेलबाट ५४ वर्षीय जु केकियाङ, ३३ वर्षीय हुई पेङ, ५० वर्षीय वेन जिमेइ, ४३ वर्षीय वाङ जिङ्यो र ३८ वर्षीय लिउ सुनलाई “फिस सुट गेम” खेलाईरहेको आरोपमा पक्राउ गरियो ।
पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकहरु विगत ५–६ वर्ष देखि ठमेल स्थित एक रेस्टुरेन्टमा कोठा भाडामा लिएर सो गेम खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट २३ लाख ९८ हजार २० रुपैयाँ नगद, गेम उपकरण, महजोंग सेट एक थान र सोमा प्रयोग हुने ३६० वटा गोटी तथा विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको बताइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्टबाट पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखेर आवश्यक कारबाही चलाएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार