चीनले सीमा क्षेत्रमा पर्खाल लगाउदा हुमलाबासीको साँस्कृति र परमपरागत अस्तित्व संकटमा

0 Shares

नेपालीमा एउटा उखान रहेको छ, “मुखमा राम राम, बगलीमा छुरा” यस्तै व्यवहार चीनले नेपाल संग गर्दै आएको छ ।
नेपालको हिमाल पारीको जिल्लाको रुपमा रहेका हुम्लाको उत्तरी चीन संग जोडिएका भु भागका बासिन्दाहरुको दैनिकी र बजारिया चहलपहल हुने क्षेत्र सीमावर्ती क्षेत्र रहेको भएपनि चीनले निर्माण गरेको सीमापारी पर्खालको कारण हुमलाबासीको जीवन माथि असर पर्दै नेपाली राष्ट्रिय सुरक्षा प्रणालीमा गम्भीर प्रश्न चिन्ह् खडा भएको हो ।
चीनले तिब्बती भु भागमा बनाएको पर्खालबाट नेपाली संस्कृति र तिब्बती संस्कृतिलाई अलग पार्ने दुष्साह गरिएको बुझिन सकिन्छ । त्यहाँका बासिन्दाहरूको सांस्कृतिक पहिचान र पारम्परिक जीवनशैली माथि गम्भीर संकट खडा गरिएको बताइएको छ ।
अमेरिकबाट प्रकाशित हुने द न्युयोर्क टाइम्सका अनुसार, “चिनियाँ पर्खालले सीमामा दावी गर्न सकेको छ, र यसले तिब्बती शरणार्थीहरूको आगमनमा पनि बाधा पुर्याएको छ ।” पर्खालको निर्माण सँगै चीनले तिब्बती शरणार्थीहरूको प्रवेशमा कडाइ गरेको छ, जसले यहाँका बासिन्दाहरूमा चिन्ता र अनिश्चयको वातावरण सिर्जना गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, त्यो पर्खाल केवल भौतिक संरचना मात्र होइन, बरु चीनको विस्तारवादी नीतिहरूको प्रतीकको रुपमा हेरिएको छ । हुम्लाका बासिन्दाहरू यस पर्खाललाई आफ्नो सांस्कृतिक र ऐतिहासिक अस्तित्वको लागि खतरा मान्दै, यसको विरुद्ध आवाज उठाइरहेका छन् । उनीहरूका अनुसार, चीनले आफ्नो सीमालाई सुरक्षित गर्ने बहानामा नेपालको राष्ट्रिय स्वायत्तता र स्थानीय बासिन्दाहरूको पारम्परिक जीवनमा दखल दिने प्रयास गरिरहेको छ ।
नेपाल सरकारले पर्खालको बारेमा चुप रहनु भनेको चीनको प्रभावको अतिक्रमणलाई सहमति दिनु हो । नेपाली शासकको मौनताले साना राष्ट्रहरूको लागि चिन्ताको विषय बनेको छ । पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यसलाई “चिनियाँ हाकिमको चिहान” को रूपमा वर्णन गर्दै, नेपालमा चिनियाँ प्रभावको विस्तार र यसको कुपरिणामहरूलाई उजागर गरेका छन् । जुन भविष्यका लागि नेपाललाई हानी पुर्याउन सक्छ ।
चिनियाँ पर्खालको प्रभाव केवल भौगोलिक सीमामा मात्र सीमित छैन; यो यहाँका बासिन्दाहरूको सांस्कृतिक र सामाजिक जीवनमा पनि गम्भीर असर पार्ने संकेत दिएको छ । बासिन्दाहरूले चिनियाँ निगरानी र आक्रमणको डरले आफ्नो परम्परागत संस्कृति र पहिचानको संरक्षणका लागि संघर्ष गरिरहेका छन् ।
सीमाक्षेत्रमा पर्खालको निर्माण सँगै हुम्लामा जनचेतना र प्रतिरोधका गतिविधिहरू पनि तीव्र भइरहेका छन् । स्थानीय बासिन्दाहरू विभिन्न संघ–संस्था मार्फत आफ्नो आवाजलाई फैलाउँदै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चीनको गतिविधिहरूको बिरुद्धमा जागरूकता फैलाउने प्रयास गरिरहेका छन् ।
नेपालको यो घटनाले सरकार र अन्तर्राष्ट्रिय समुदायलाई साना राष्ट्रहरूको सुरक्षाको चासोमा गम्भीरता ल्याउन र चीनको प्रभावकारी रणनीतिहरूको विरुद्धमा विचार गर्न प्रेरित गर्नुपर्ने आवश्यकता महसुस गराएको छ । यस घटनाले नेपालको राष्ट्रिय सुरक्षा र सांस्कृतिक पहिचानको रक्षा गर्ने प्रयासमा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ ।
स्मरण रहोस, साना देश भएपनि आफनो स्वाभिमानको रक्षार्थ पुर्वजहरु अंग्रेज लगायत विभिन्न शत्रुहरु संग लडेर आफनो भु भागलाई जोगाएका इतिहासबाट अहिलेका राजनेताहरुले पाठ सिक्लान कि, ठूला राष्ट्र सामु नकमस्त हुने छन् त्यो आउदो समयमा अवश्य देखिनेछ । श्रोतः विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।